बेलायतमा एकै दिनमा तीस हजारभन्दा बढी कोरोना सङ्क्रमित 

बिहीबार, भदौ ३१, २०७८

लन्डन । बेलायतमा पछिल्लो समय कोरोना सङ्क्रमण दर वृद्धि भएको बताइएको छ ।  बुधबार सार्वजनिक गरिएको तथ्याङ्कअनुसार यहाँ एकैदिनमा ३० हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिएका छन् । यहाँको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ले दिएको जानकारीअनुसार गएको २४ घन्टामा ३० हजार ५९७ जना नयाँ सङ्क्रमित थपिएका हुन् । सङ्क्रमित हुनेको सङ्ख्या अघिल्लो हप्ताको तुलनामा निकै बढेको बताइएको छ ।  यससँगै बेलायतमा कुल सङ्क्रमितको सङ्ख्या ७३ लाख १२ हजार ३७१ पुगेको छ । यहाँ केही दिनयता खुकुलो गरिएको लकडाउनपछि सङ्क्रमित सङ्ख्या दैनिक उकालो लाग्दै गएको हो । यसैगरी पछिल्लो २४ घन्टामा थप २०१ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । पछिल्ला केही दिनमा यहाँ दैनिक मृत्यु हुनेको सङ्ख्यामा पनि वृद्धि भएको पाइएको छ । बेलायतमा कोरोनाका कारण हालसम्म एक लाख ३४ हजार भन्दा बढीको मृत्यु भइसकेको छ ।– सिन्ह्वा 
 

प्रकाशित मिति: बिहीबार, भदौ ३१, २०७८  १८:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार