सोसल मिडिया
Contact Us
युनिकोड
सिचुआन । चीनको सिचुआनमा शक्तिशाली भूकम्प आएको छ । भूकम्पमा परी अहिलेसम्म कम्तीमा तीन जनाको मृत्यु भएको र ६० जना घाइते भएका पुष्टि गरिएको छ । घाइते सबैलाई स्थानीय अस्पतालमा उपचार भइरहेको अधिकारीले जानकारी दिएका छन् । उनीहरुमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । देशको सिचुवान प्रान्त अन्तर्गत पर्ने लुक्षिन क्षेत्रमा भूकम्प आएको हो । भूकम्प प्रभावित क्षेत्रमा खोजी तथा उद्धार जारी रहेको पनि अधिकारीले जनाएका छन् । चिनियाँ भूकम्प प्रशासनले ८९० भन्दा बढी व्यवसायीक उद्धारकर्मी परिचालन गरिएको र अन्य स्वयमसेवक तथा स्थानीय बासिन्दा पनि खोजी तथा उद्धारमा खटिएको जनाइएको छ । त्यसैगरी अरु चार हजार ६०० उद्धारकर्ता तयारी अवस्थामा रहेको पनि प्रकोप व्यवस्थापन कार्यालयले जानकारी दिएको छ । प्रारम्भीक विवरणका अनुसार ७३७ घर भत्कीएका छन् भने ७२ घरको अधिकांश भाग क्षतिग्रस्त भएको छ । त्यसैगरी सात हजार २९० घरमा सामान्य क्षति भएको छ । घर बाहेक अन्य भाैितक संरचनामा पनि क्षति पुगेको देखिएको छ । खोजी तथा उद्धारसँगै क्षतिको विवरण सङ्कलन कार्य पनि भइरहेकाले पूर्णविवरण आउन बाँकी नै रहेको अधिकारीले जानकारी दिएका छन् ।– सिन्ह्वा