बाढीबाट मलेसियामा ६ जनाको मृत्यु 

५० हजार विस्थापित
शनिबार, पुस २५, २०७७

मेन्ताकाब । मलेसियामा अत्यधिक बर्षापछि आएको बाढीमा परेर कम्तीमा ६ जनाको मृत्यु भएको छ । देशको पूर्वीतटीय क्षेत्र पाहाङ राज्यमा आएको बाढीका कारण अरु ५० हजारभन्दा बढी विस्थापित भएको अधिकारीहरुले जानकारी दिएका छन् । बर्षापछि तटीय क्षेत्रमा पानी भरिएर मानवीय क्षति भएको प्रत्यक्षदर्शीहरूको भनाइ छ । उनीहरुले आधा शतब्दीकै सवैभन्दा खराब बाढी आएको पनि बताएका छन् ।  घटनास्थलमा पीडितहरूलाई उद्धारका लागि ठूलो सङ्ख्यामा उद्धारकर्ताहरु परिचालन गरिएको अधिकारीहरुले जनाएका छन् । बाढी गएको क्षेत्रमा लगातार बाक्लो बर्षा भएको थियो । बर्षापछिको बाढीले बस्ती डुवानमा परेपछि ४७ हजारभन्दा बढी मानिस विस्थापित भएको सरकारी प्रारम्भिक तथ्याङ्का छ । ‘बाढीका कारण मैले मेरो सबै जायजेथा गुमाएको छु, बाढीले मेरो घरको छानो समेत डुवाएको छ’, कारखानामा काम गर्ने ५९ वर्षीय मजदुर तान कोङ लेङले भने । घटनाका बारेमा बताइरहँदा उनको आखाँबाट आशु झारिरहेको थियो । घटना भएको क्षेत्रमा हरेक बर्ष बढी बर्षा भएको बेला बाढीले दुःख दिने गरेको छ । बाढीका कारण मुख्य राजमार्गसहित धेरै सडक सञ्जालमा क्षति भएकाले यातायात सेवा पनि प्रभावित भएको छ ।–एएफपी
 

प्रकाशित मिति: शनिबार, पुस २५, २०७७  ०६:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार