सोसल मिडिया
Contact Us
युनिकोड
नयाँ दिल्ली । भारतको पश्चिमी राज्य गुजरातका मुख्यमन्त्री विजय रूपाणीले शनिबार आफ्नो पदबाट राजीनामा दिएका छन् । रूपाणीले आगामी वर्षको अन्ततिर राज्यमा निर्वाचन अगाडि अप्रत्याशित कदममा आफ्नो राजीनामा दिएका हुन् । रूपाणीले राजीनामा दिएपछि सञ्चारकर्मीसँगको कुराकानीमा भने, ‘नयाँ उत्साह र नयाँ ऊर्जासहित गुजरातको विकासको यात्रा नयाँ नेतृत्वमा अगाडि बढ्नुपर्छ भन्ने मेरो विश्वास छ । यो कुरालाई ध्यानमा राख्दै मैले गुजरातको मुख्यमन्त्री पदबाट राजीनामा दिएको हुँ ।’ उनले भने, ‘म जस्तै पार्टी कार्यकर्तालाई गुजरातको मुख्यमन्त्रीको रूपमा सेवा गर्ने महत्वपूर्ण मौका दिन पाएकोमा म खुशी छु ।’ गुजरात भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उनका सहयोगी संघीय गृहमन्त्री अमित शाहको गृह राज्य हो । रूपाणीको राजीनामा के कारणले आएको भन्ने बिषयमा थप विवरणहरू आउन अझै केही समय लाग्ने छ तथापि, रिपोर्टहरूमा भारतीय सत्ताधारी दल भारतीय जनता पार्टी (भाजपा) को ‘सुधारको बाटो’ हुनसक्ने बताइएको छ ।– सिन्ह्वा