बाइडेनद्वारा ९-११ को आतङ्कवादी घटनामा मारिएका प्रति श्रद्धाञ्जलि व्यक्त 

शनिबार, भदौ २६, २०७८

न्युयोर्क । राष्ट्रपति जो बाइडेनले ९-११ को आतङ्कवादी घटनामा मारिएका प्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । राष्ट्रपति बाइडेनले राष्ट्रका नाममा सम्बोधन गर्दै  उक्त हमलापछि त्रास र आतङ्ककाविरुद्ध सृजनामा भएको  एकता र सहकार्यको भावनालाई पुनःजागृत गराउन आह्वान गरेका छन् ।  आजभन्दा ठीक २० वर्ष पहिले अमेरिकाले बेहोरेको कुख्यात र अत्यन्त दर्दनाक आतङ्कवादी हमलाको बेला बाइडेन सिनेटेर थिए भने अहिले देशको सर्वोच्च  नेतृत्वमा छन् ।  राष्ट्रपति बाइडेनले उक्त हमलामा विमान दुर्घटना गराइएको तीन स्थानमा श्रद्धाञ्जलि र सम्मान अर्पण गर्ने तय भएको थियो तर उनलेसम्बोधन छोट्याएर कार्यक्रमलाई हस्तान्तरण गरेका छन् । यसैबीच शुक्रवार अबेर ह्वाइट हाउसले रेकर्डेट भाषण जारी गर्दै वास्तविक मूल्यको राष्ट्रिय एकता र बहादुरीको पक्षमा दृढ रहन सबैमा आह्वान गरेका छन् । 
उक्त कुख्यात छटनापछि राष्ट्रिय एकता र बहादुरी सबै अपेक्षित र अनपेक्षित स्थानमा उत्तिकै महत्वपूर्ण रहेको  बताउएका छन् । राष्ट्रतपि बाइडेनले उक्त घटनापछि आफूले सिकेको सबैभन्दा ठूलो पाठ एकता नै ठूलो शक्ति हो भनेका छन् ।  शुक्रवार राति राष्ट्रपति बाइडेन ९–११ को घटनाको स्मरणमा न्युयोर्क आइपुगेका हुन् । यहाँको आकाशमा बत्ति दुःख व्यक्त गर्ने किसिमले सजाइएका थिए । उक्त अवसरमा जुम्ल्याहा ट्रेड टावर त्रस्त देखिएको दृष्य टेलिभिजनमा देखाइएका थिए ।–एपी    

प्रकाशित मिति: शनिबार, भदौ २६, २०७८  २०:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार