सोसल मिडिया
Contact Us
युनिकोड
नयाँदिल्ली । भारतकी केन्द्रीय विदेश मामिला राज्यमन्त्री मिनाक्षी लेखी औपचारिक भ्रमणका लागि पोर्चुगल र स्पेन जान लागेकी छन् । उनी यही सेप्टेम्बर १२ देखि १७ तारिखसम्म उक्त दुई देशको भ्रमण गर्नु हुने भएको अधिकारीले जानकारी दिएका छन् । सुरुमा उनलेसेप्टेम्बर १२ देखि १४ सम्म पोर्चुगलको भ्रमण गर्ने भ्रमण तालिका तय भएको छ । पोर्चुगलमा रहँदा उनले विदेशमन्त्रीलगायत उच्चस्तरीय सरकारी अधिकारीसँग भेटवार्ता गरी दुई पक्षीय हितका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ । सो अवसरमा भारतीय नागरिकलाई पोर्चुगलमा काम गर्न दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर हुने तय भएको छ । त्यसैगरी सेप्टेम्बर १५ देखि १७ सम्म उनले स्पेनको भ्रमण गर्ने छिन् ।–एएनआई