सोसल मिडिया
Contact Us
युनिकोड
वासिङ्टन । संयुक्त राज्य अमेरिकामा पछिल्लो २४ घण्टामा एक लाख ४७ हजार ८१६ जना कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । कोभिडका कारण यो अवधिमा एक हजार ५७९ जनाको मृत्यु भएको छ । न्यूयोर्क टाइम्सका अनुसार अमेरिकामा सङ्क्रमित सङ्ख्यामा औसतमा दैनिक पाँच प्रतिशत कमी आएको छ । अमेरिकामा हालसम्म कूल छ लाख ५६ हजार ४४७ जनाको निधन भएको छ भने दुई हप्तामा औसतमा २८ प्रतिशतले मृत्यु घटेको बढेको छ । सेप्टेम्बर ९ को तथ्याङ्कअनुसार एक लाख ६१० जना कोरोना सङ्क्रमितहरू अस्पतालमा भर्ना भएका छन् । अस्पताल भर्ना हुने दरमा एक प्रतिशतले वृद्धि भएको छ भने हालसम्म कोरोना सङ्क्रमित हुनेको कूल सङ्ख्या चार करोड सात लाख ३८ हजार २९ पुगेको छ । देशभर एक दिनमा १६ लाख १२ हजार २५२ जनाले कोरोना जाँच गराएका थिए भने जाँच गराउने सङ्ख्या दरमा १७ प्रतिशतको वृद्धि भएको छ । अमेरिकामा कूल जनसङ्ख्यामा पूर्ण खोप लगाउनेको सङ्ख्या ५३.४ प्रतिशत पुगेको छ भने एक मात्रा खोप लगाउनेको सङ्ख्या ६२.७ प्रतिशत पुगेको छ । यहाँ किशोर तथा वयस्क अर्थात् १८ वर्षभन्दा माथिको समूहमध्ये कम्तीमा पनि एक मात्रा खोप लगाउनेको सङ्ख्या ७५.३ प्रतिशत छ । यहाँ दुवै खोप अर्थात् पूर्ण खोप ६४.५ प्रतिशतले लगाइ सकिएको छ । अमेरिकामा हालसम्म तीन करोड १७ लाख ४४ हजार ९५९ जना कोरोनामुक्त भएका छन् । अमेरिकामा ६५ वर्षभन्दा माथिको उमेरकालाई कम्तीमा एक मात्रा खोप ९२.६ प्रतिशत र पूर्ण खोप ८२.२ प्रतिशत दिइएको सीडीसीले जनाएको छ । अमेरिकामा हालसम्म ४५ करोड २७ लाख ८१ हजार १९५ खुराक खोप आपूर्ति गरी सकिएको छ ।–सिन्ह्वा