मलेशियाली आमाले नागरिकतामा समानताको लडाइ जिते

बिहीबार, भदौ २४, २०७८

क्वालालम्पुर । मलेसियामा आमाको एक समूहले बिहीबार एउटा ऐतिहासिक कानूनी लडाइँ जितेको छ ।  उक्त समूह विदेशमा बच्चा जन्माउने महिलालाई प्रभावित पार्ने गरी लागू गरिएको भेदभाव पूर्ण नागरिकतासम्बन्धी नियमलाई उल्ट्याउन सफल भएको छ । उक्त नियमले विदेशी पतिबाट जन्मिएका बच्चाले स्वतः नागरिकता प्राप्त गर्न सक्ने प्रावधानलाई कटौती गरेको र उक्त नियम भेदभावकारी रहेको आमा समूहले दाबी गरेका थियो ।  उनीहरूको तर्क थियो “यस्तो प्रतिबन्ध दक्षिण पूर्र्वीएसियाली देशका पुरुषका निम्ति भने आकर्षित छैन । यो नियम रुढीवादी विचारले ग्रसित भएको र मलेसियाको संवैधानिक भावना विपरीतसमेत रहेको उनीहरूले दाबी गरेका थिए । 
बिहीबार क्वालालम्पुरको उच्च अदालतले भने उक्त मुद्दामा आमा समूहको पक्षमा फैसला गरेको छ । यो फैसलाले मलेसियाली लैङ्गिक समानतालाई मान्यता दिएको छ जो समानतावादी र न्यायोचित छ । एनजीओ परिवार सीमानाका अध्यक्ष सुरी केम्पेले भनिन् । यो फैसला सबै मलेसियाली आमामा लागू हुन्छ मुद्दाका पक्ष विपक्षमा मात्र होइन, केम्पेले थप पुष्टि गरिन् । सरकारको तर्फबाट भने यस विषयमा कुनै प्रतिक्रिया आएको छैन ।– रासस/एएफपी

प्रकाशित मिति: बिहीबार, भदौ २४, २०७८  २२:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार