सोसल मिडिया
Contact Us
युनिकोड
कतार । अफगानिस्तानमा तालिबानले नियन्त्रण लिएपछि स्वदेश फर्किन चाहने अमेरिकीसहित विश्वका विभिन्न मुलुकका करिब २०० जनालाई फिर्ता हुन तालिबानले अनुमति दिएको छ । अमेरिकी समाचार संस्था सीएनएनका अनुसार अफगानिस्तानमा फसेका अमेरिकीहरूलाई उद्धार गर्न र त्यहाँबाट निकाल्न विदेशमन्त्री एन्टोनी ब्लिङ्केन कतारको दोहामा रहेका छन् । तालिबानले उनीहरुलाई बाहिर जान दिए पछि अफगानिस्तानबाट कतारको उडानमार्फत उनीहरू कतार जाने काबुल विमानस्थल स्रोतले जानकारी गराएको हो । अफगानिस्तानबाट बाहिरिनेमा करिव २०० जना अमेरिकी रहेको बताइएको छ । अफगानिस्तान तालिबानले नियन्त्रण गरेपछि गत अगस्त ३१ सम्म अमेरिकी सेनासहित उनीहरूलाई सहयोग गर्दै आएका अफगानी नागरिकसमेत शरणार्थीका रूपमा अमेरिका पुगेका छन् । तालिवानको कब्जापछि अफगानी जागिर र पैसाको भयमा
काबुलको एक प्रमुख अस्पतालमा कार्यरत नर्स लतीफा अलिजादा उनको पाँच सदस्यीय परिवारमा एकमात्र रोजगार व्यक्ति हुन् । उनले घरखर्चका अतिरिक्त तीन छोरा र बेरोजगार पतिसमेतको हेरचाह गर्नुपर्नै दायित्व छ । जब तालिबानले अफगानिस्तानमा कब्जा जमाए त्यसपछि उनी बेरोजगार भइन् र हाल भविष्यको चिन्तामा परेकी छिन् । जब कट्टर इस्लामी समूहले तलब नदिने, अनुहार छोप्ने गरी घुम्टो लगाउँनुपर्ने र कामका सिलसिलामा पुरुष सहकर्मीसमेतबाट अलग हुनुपर्ने नियम थोपर्न थाले ती २७ वर्षीया युवती जागिर छोड्न बाध्य भइन् । आफ्ना कलिला दुई बच्चाको हात समातेर दर्दनाक अवस्थामा उनले भनिन्, मैले तलब नपाएको हुनाले जागिर छोडेकी छु । काबुलको एक सडक बजारमा एएफपीसँग कुरा गर्दै उनले भनिन्, ‘मलाई लगाइरहेको पोशाक नलागाउन, पुरुषसँग काम नगर्न र महिलासँग मात्र काम गर्न आदेश दिन थालियो जुन चिकित्सा पेशामा सम्भव छैन त्यसपछि म जागिर छाड्न बाध्य भएँ।’ अलिजादा जस्तै अफगानिस्तानका अन्य महिला अब तालिबानको अधीनमा चल्ने शासनमा के हुन्छ भनेर चिन्तित छन् । अचेल अफगानिस्तानको बजारमा खाद्यान्नको मूल्य बढेको छ, इन्धनको लागत बढेको छ र रोजगारीका अबसरसमेत साँघुरिँदै गएका छन् । जटिलता थपिँदै गएका छन् । यस विषयमा संयुक्त राष्ट्रसङ्घसमेतले चासो व्यक्त गर्दै भनेको छ, खाद्यान्न अभाव, उच्च मुद्रास्फिती र मुद्रामा गिरावटको डरले मानवीय आपतकालीन अवस्थातिर मुलुक अगाडि बढेको छ । परिवर्तित राजनीतिक अवस्थाले गर्दा अब त्यहाँ धेरै सरकारी सेवा बन्द हुने अवस्थामा छन् । अन्तरराष्ट्रिय सहायता कटौती हुँदैछ र बाह्य सहयातामा निर्भर गतिविधि बन्द हुँदैछन् र महिला थप प्रताडित हुने अवस्थाको सृजना हुनसक्ने देखिन्छ ।– रासस/सिन्ह्वा