अफगानिस्तानका पूर्व राष्ट्रपति गनीले मागे माफी

बिहीबार, भदौ २४, २०७८

अबु धाबी : अफगानिस्तानका पूर्व राष्ट्रपति असरफ गनीले अफगानी जनतासँग माफी मागेका छन् । तीन साताअघि तालिावानले राजधानी काबुल नियन्त्रणमा लिएपछि राष्ट्रपति गनी भागेर संयुक्त अरब इमिरेट्स (युएई) मा शरण लिएका थिए । देश छोडेर गएको भन्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा गनीको आलोचना भइरहेका बेला उनले एक विज्ञप्ति निकालेर माफी मागेका हुन् ।  जनतालाई छाडेर जाने आफ्नो नियत नभएको तर राजधानी काबुलमा थप हिंसा नहोस् भनेर नै दोस्रो मुलुक गएको उनको भनाई छ । अफगान राज्यकोबाट लाखौँ अमेरिकी डलर कुम्ल्याएर देश छाडेको आरोप भने उनले अस्विकार गरेका छन् । काबुल छोड्दा गनीले लाखौं डलर रकम सुटकेसमा राखेर लगेको भनिएको एउटा भिडियो भाईरल भएको थियो ।  गनीले तालिबान सरकारबारे कुनै टिप्पणी गरेका छैनन् । अमेरिकाका विश्वासपात्र गनी सन् २०१४ र सन् २०१९ मा गरी दुई पटक अफगानिस्तानको राष्ट्रपति भएका थिए ।-एजेन्सी 

प्रकाशित मिति: बिहीबार, भदौ २४, २०७८  ०८:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार