कोभिड अस्पतालमा आगलागी हुँदा १० बिरामीको मृत्यु

बिहीबार, भदौ २४, २०७८

बाल्कन्स : म्यासोडोनियामा एउटा अस्पतालमा आगोलागी हुँदा कम्तिमा १० बिरामीको मृत्यु भएको छ । उत्तरी म्यासोडोनियाको एउटा कोभिड अस्पतालमा आगोलागी हँुदा बिरामीको जलेर मृत्यु भएको हो ।  सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा भिडियोमा तेतोभो सहरको अस्पताल भवनमा आगो र धुवाँको कालो मुस्लो देखिन्छ ।  अग्नि नियन्त्रकहरुले आधा घन्टामा नै आगो नियन्त्रणमा लिएका थिए ।  मृतकको संख्या अझै बढ्न सक्ने स्वास्थ्यमन्त्री भेनको फिलिप्सीले जानाकारी दिए । आगो लागेपछि बिरामीलाई अन्य अस्पतालमा लगिएको थियो । आगो लाग्दा अस्पतालमा कति बिरामी थिए भन्ने प्रष्ट पारिएको छैन ।  कोरोनाभाईरसका गम्भीर विरामीलाई उपचार गर्न गत वर्ष सो अस्पताल निर्माण गरिएको थियो । २० लाख जनसंख्या भएको म्यासोडोनियामा अहिलेसम्म कोभिडका कारण ६ हजार भन्दा बढीको मृत्यु भइसकेको छ ।-एजेन्सी
 

 

प्रकाशित मिति: बिहीबार, भदौ २४, २०७८  ०७:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार