सोसल मिडिया
Contact Us
युनिकोड
काबुल । तालिबानले हिजो सरकार गठन गरेका छन् । उनीहरुले गठन गरेको सरकार उदार नभएको अर्थात् कडा खालको भएको भन्दै त्यसको विरोध भएको छ । केही दिनअघि मात्र पनि तालिबानले सरकारमा महिलाको प्रतिनिधित्व गराउनुपर्ने माग गर्दै महिलाले विरोध प्रदर्शन गरेका थिए । सो प्रदर्शनमा तालिबानले अश्रुग्यास हान्न लगाएका थिए । यसअघि तालिबानले उदार खालको र समावेशी सरकार बनाउने भनेका थिए । व्यवहारमा त्यसो हुन नसकेको भन्दै विरोध कायमै रहेको बताइएको छ । तालिबानको सरकारका विरुद्धमा अपगानिस्तानका विभिन्न सहरमा अहिले पनि विरोध जारी रहेको छ । हेरातमा भएको यस्तै विरोधका क्रममा दुई जनाको ज्यान पनि गएको थियो । उनीहरुले शुरुमै समावेशी खालको सरकार बनाउने र त्यसमा महिला सहभागिता पनि हुने भन्दै सार्वजनिक अभिव्यक्ति दिएका थिए । अगष्ट १५ मा अफगानिस्तानका तालिबानीले यहाँको सत्ता कब्जा गरेका थिए । आफ्नो सैन्य शक्तिद्वारा सत्ता कब्जा गरेका उनीहरुले हिजो मात्र नयाँ सरकार घोषणा गरेका थिए ।
तालिवान सरकार बनेपछि पाँच पत्रकार गिरफ्तार अफगानिस्तानमा तालिबान सरकार बनेपछि पाँच पत्रकार गिरफ्तार भएका छन् । कामचलाउ नयाँ सरकार बनेको भोलिपल्ट नै बुधबार काबुलस्थित एक पत्रिकाका पाँच पत्रकारहरू गिरफ्तार भएको जनाइएको छ । इटिलाट्रोज नामक पत्रिकाका प्रधान सम्पादक जाकी डार्याबीले आफ्ना पाँच सहकर्मी पत्रकार गिरफ्तार भएको पुष्टि गरेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, “इटिलाट्रोज दैनिक पत्रिकामा कार्यरत मेरा पाँच सहकर्मी पत्रकारलाई तालिबान समूहका व्यक्तिहरूले काबुलबाटै पक्राउ गरेर लगेका छन् ।” तालिबान समूहले सत्ता कब्जा गरेपछि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पत्रकारका अधिकारको पूर्ण सम्मान गर्दै त्यसमा कुनै अवरोध नगर्ने प्रतिबद्धता अन्तर्राष्ट्रिय समुदायसामु गरेका थिए । तर उनीहरूले कामचलाउ सरकार बनाएको भोलिपल्ट नै ताजा प्रतिबद्धताको उलङ्घन गरेको भन्दै सर्वत्र आलोचना सुरु भएको छ । अन्तर्राष्ट्रिय विभिन्न निकायहरूले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण सम्मान गर्न र मानव अधिकार उलङ्घन नगर्न तालिबान समूहलाई अनुरोध गरेका छन् । केन्द्रीय राजधानी कब्जा गरेपछि सत्ता हातमा पारेको तालिबान समूहले आफ्नो जित भएको तीन सातापछि मात्रै प्रारम्भिक सरकार गठन गरेको हो ।
कतारले तालिबानलाई कामका आधारमा मूल्यांकन गर्ने कतारले तालिबानले व्यावहारिकताको प्रदर्शन गरेकाले उनीहरूको कामलाई निर्विवादित शासकको रूपमा मूल्याङ्कन गर्नुपर्ने जनाएको छ । कतारी सहायक विदेशमन्त्री लोल्वाह अल–खतरले एएफपीलाई एक विशेष अन्तर्वार्ता दिँदै तालिबानी शासकलाई इस्लामवादी शासकको मान्यता भने तत्काल दिन नसकिने घोषणा गरेका हुन् । उनले भनेका छन्, “अफगानिस्तानको भविष्यको निर्णय अफगानी जनताले नै गर्ने र यो अन्तरराष्ट्रिय समुदायको विषय नभएको जनाउनुभएको छ । यसअघि दोहाले तालिबानको विषयमा कतारमा राजनीतिक कार्यालय खोलेर मध्यस्ततासमेत गरेको थियो । तालिबानले व्यावहारिकताको प्रदर्शन गरेकाले यस अवसरलाई सबैले सदुपयोग गर्नुपर्ने र तालिबानको अन्य थप सार्वजनिक कामको मूल्याङ्कन गर्नुपर्ने सहयाक मन्त्री खतरले उल्लेख गरेका छन् । उनले हालको अफगानिस्तानका शासक अन्तरिम र डेफ्याक्टो भएकाले तत्काल यसले औपचारिक मान्यता पाउँन भने केही समय लाग्ने बताएका छन् । तालिबानले मुल्लाह मोहम्मद हसन खुन्दको नेतृत्वमा भरखरै अन्तरिम कार्यबाहक सरकार गठन गरेको छ तर कतारलगायत संयुक्त राष्ट्रसङ्घका कुनै पनि सदस्य राष्ट्रबाट मान्यता भने पाएको छैन । खतरले तालिबानी नयाँ शासकबाट केही सकारात्मक सङ्केतसमेत देखिएको उल्लेख गर्नुभएको छ । कतार सरकारकी प्रवक्तासमेत रहेकी खतरले धेरै महिला विद्यार्थीसमेत प्रदर्शनका क्रममा काबुल छोड्न बाध्य भएको विषयलाई उल्लेख गरेका छन् । उनका अनुसार तालिबानले कतारबाट तत्काल औपचारिक मान्यता भने नपाउने, कतार यो विषयमा धेरै टाढा नरहेको र समदूरीमा रहेर सबै कुराको मूल्याङ्कन गरिरहेको जनाएका छन् ।
उनले यस विषयमा तालिबानको अन्तरीम सरकारको घोषणा पछिको अमेरिकाको प्रतिक्रियासमेतलाई उल्लेख गरेका छन् । अमेरिकाले तालिबानको नयाँ सरकारको घोषणामा सबै तालिबानी सदस्यमात्र परेको र कुनै महिला नसमेटिएको विषयलाई चासो व्यक्त गरेको छ र भनेको छ यो एउटा कामचलाउ सरकार भएकाले यसको मूल्याङ्कन शब्दबाट भन्दा पनि कामबाट गरिने बताएको छ । अफगानिस्तान एक सार्वभौमसत्ता सम्पन्न राष्ट्र भएकाले यहाँका जनताले आफ्नो भाग्य र भविष्यको निर्णय गर्न स्वतन्त्र रहेको खतरले जनाएका छन् । उनले अन्तरराष्ट्रिय समुदायले यहाँको जनताको भाग्य, भविष्यको विषयमा कुनै निर्देशन, नियन्त्रण गर्न नमिल्ने र अमेक्षित सहयोग भने गर्न सक्ने बताएका छन् ।