बामदेव पत्नी तुलसा एमाले संसदीय दलको बैठकमा

बुधबार, भदौ २३, २०७८

काठमाडौं :  पार्टी परित्याग गरेर हिँडेका बामदेव गौतमकी पत्नी तुलसा थापामगर नेकपा (एमाले) संसदीय दलको बैठकमा उपस्थित भएकी छिन् । बानेश्वरस्थित संघीय संसद भवनमा सुरु भएको संसदीय दलको बैठकमा गौतम पत्नी थापा उपस्थित भएको सांसद कोमल वलीले जानकारी दिएकी छिन् । आजबाट सुरु हुने संघीय संसद बैठकमा कसरी प्रस्तुत हुने भन्ने बारेमा एमालेले दलको बैठक बोलाएको थियो । बैठक जारी छ ।
 

प्रकाशित मिति: बुधबार, भदौ २३, २०७८  ११:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार