भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि कमी 

मंगलबार, भदौ २२, २०७८

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि कमी आएको छ ।  पछिल्लो समय केरला राज्यमा दैनिक सङ्क्रमितहरुको सङ्ख्या एकाएक बढेपछि देशभरीको सङ्ख्यामा पनि वृद्धि देखिएको थियो । यसअघि दैनिक ४० हजारभन्दा बढी सङ्क्रमितहरु थपिने गरेकामा अहिले घटेर ३८ हजार पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।  केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार बिहान सार्वजनिक गरेको विवरणअनुसार भारतमा थप ३८ हजार ९४८ जना नयाँ सङ्क्रमित थपिएका छन् । ती मध्ये केरला राज्यमा मात्रै २६ हजार ७०१ जना सङ्क्रमित भएका छन् ।  भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या तीन करोड ३० लाख २७ हजार ६२१ पुगेको मन्त्रालयले जनाएको छ ।  पछिल्लो ७१ दिनदेखि भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या ५० हजारभन्दा कम हुदै आएको छ ।  त्यसैगरी पछिल्लो केही दिनदेखि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्यामा पनि बृद्धि भएको छ । केही हप्तासम्म चार लाखभन्दा कम सक्रिय सङ्क्रमितहरु रहेकोमा अहिले बढेर चार लाख चार हजार ८७४ पुगेको छ । भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म चार लाख ४० हजार ७५२ को मृत्यु भएको छ भने तीमध्ये २१९ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको हो । त्यसैगरी एक दिनमा ४३ हजार ९०३ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।

पाकिस्तानमा तीन  हजार ६१३ जना थप व्यक्ति सङ्क्रमित 

पाकिस्तानमा आइतबार तीन हजार ६१३ कोभिडका थप सङ्क्रमित भेटिएको नेशनल कमाण्ड एण्ड अपरेसन सेन्टर (एनसीओसी) ले जनाएको छ । पाकिस्तानमा कोरोना शुरु भएदेखि हालसम्म ११ लाख ८२ हजार ३१९ जना सङ्क्रमित भएका छन् ।  त्यसगरी १० लाख ६४ हजार ३१९ कोरोना मुक्त भएका छन् ।  हाल पाकिस्तानमा सक्रिय सङ्क्रमितको संख्या ९२ हजार ३६७ रहेको छ  । ती मध्ये ५ हजार ६०६ जना अवस्था गम्भीर रहेको बताइएको छ ।  कोरोनाको कारण हालसम्म पाकिस्तानमा २६ हजार २३२ जनाका मृत्यु भएको छ ।–एएनआई
 

प्रकाशित मिति: मंगलबार, भदौ २२, २०७८  ०५:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार