अमेरिकामा बाढी र आँधीका कारण ४४ जनाले ज्यान गुमाए 

शुक्रबार, भदौ १८, २०७८

न्युयोर्क । अमेरिकामा आएको बाढी र आँधीका कारण कम्तीमा ४४ जनाको मृत्यु भएको छ । देशको उत्तरपूर्वी क्षेत्रमा पर्ने न्युयोर्क र न्युजर्सी राज्यमा गत बिहीबार रातभरी बाढी र आँधी आएको थियो । सो घटनालाई धेरैले ऐतिहासिक घटनाको संज्ञा दिएका छन् । 
“म अहिले ५० वर्षको भएँ, यस्तो घटना अहिलेसम्म देखेको थिएन, यति धेरै बर्षा, आँधी र बाढी कहिले पनि आएको थिएन होला,” स्थानीय मेटोडिजा मिहाज्लोभले भने । बाढीका कारण आफ्नो रेष्टूरेन्ट पनि पुरै डुबानमा परेको र धेरै क्षति भएको समेत उनले जानकारी दिए । “म त जंगलमा बसिरहेको छु की जस्तो लागेको थियो, विश्वासै गर्न नसकिनेगरी बर्षा र बाढी आएको थियो, त्यसले धेरै कुरामा क्षति गरेको छ,” उनले थपे । केही बासिन्दाहरू बाढीको चपेटामा परेका कारहरू र भवनहरूका सबैभन्दा मुनिको तलामा फसेका थिए । 
मृत्यु भएका मध्ये अधिकांश पानीको तह बढेपछि आफ्नै सवारीसाधनमा फसेका थिए ।घटनाका बारेमा टिप्पणी गर्दै अमेरिकी राष्ट्रपति जो बाइडनले यस घटनालाई जलवायु परिवर्तनसँग जोडेर हेर्नुपर्ने धारणा राखे । उनले जलवायु परिवर्तनलाई न्युनिकरण गर्न नसकेमा यस्तो संकट अरु पनि आइलाग्न सक्ने भन्दै त्यसका लागि पर्याप्त लगाउनी आवश्यक रहेकोमा जोड दिए । अहिले अमेरिकाले देशैभरि जलवायुसम्बन्धी सङ्कट भोगिरहेको र त्यसको सामना गर्नु परिरहेको बताउदै यसलाई उनले जीवन वा मरणको सवालको रुपमा उल्लेख गरे । समुद्री सतहको तापक्रम बढ्दा त्यसमाथिको हावालाई तताएर तुफान, चक्रवात र समुद्री हुरी उत्पन्न गर्नका लागि शक्ति प्रदान गर्ने भएकाले यस्ता घटना अझ बढ्ने विज्ञहरुले आँकलन गरेका छन् ।

अमेरिकी सरकार र जनतामा समवेदना

सरकारले संयुक्त राज्य अमेरिकामाआँधी र बाढीमा परी ज्यानगुमाएकाहरूप्रति समवेदनाव्यक्त गरेको छ ।आइडा आँधीकाकारण भएको भीषण वर्षा र बाढीले नेपालीमूलकातीनसहित ४५ जनाभन्दा बढीको निधनभएकामा सरकारले अमेरिकी सरकार र मित्रवत् त्यहाँकानागरिकप्रतिहार्दिक सहानुभूतिएवं समवेदना प्रकट गरेको हो ।  परराष्ट्र मन्त्रालयलेसामाजिक सञ्जालमार्फत आँधी र बाढीबाट प्रभावित परिवारहरूमा ऐक्यबद्धता र सहानुभूति प्रकट गर्दै यो विषम घडीमा नेपालीजनता पीडित अमेरिकीमित्रहरूसँगै रहेको जनाएको छ ।– रासस/एएफपी

प्रकाशित मिति: शुक्रबार, भदौ १८, २०७८  २०:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार