सोसल मिडिया
Contact Us
युनिकोड
नयाँ दिल्ली । भारतका विदेश मामिलामन्त्री डा.एस.जयशंकर श्रीलङ्काको भ्रमणमा गएका छन् । उनी तीन दिने भ्रमणका लागि मंगलबार त्यसतर्फ प्रस्थान गरेको अधिकारीले जानकारी दिएका छन् । भ्रमणका क्रममा उनले श्रीलङ्काका उच्च अधिकारीसँग दुई पक्षीय हित र चासोका बारेमा छलफल गर्नेछन् । मन्त्री जयशंकरले श्रीलङ्काका उनका समकक्षी दिनेश गुनावर्देना र उच्च पदाधिकारीलाई भेट्ने तालिका रहेको भारतको विदेश मन्त्रालयले जनाएको छ । मन्त्रालयको वक्तव्यमा लेखिएको छ, ‘विदेश मन्त्री जयशंकरले यही जनवरी ५–७ सातसम्म श्रीलङ्काका भ्रमण गर्नु हुनेभएको छ । भ्रमणका क्रममा उहाँले उच्च अधिकारीसँग दुई पक्षीय हित र साझा चासोका विषयमा छलफल गर्नुहुने छ ।’– एएनआई