अफानिस्तानको भविष्यबारे चीन र अमेरिकी विदेशमन्त्रीले गरे गहिरो चिन्ता

सोमबार, भदौ १४, २०७८

बेइजिङ । चीन र अमेरिकी विदेशमन्त्रीबीच आइतबार फोनवार्ता भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकेनबीच फोनमा कुराकानी भएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ । उनीहरुबीचको फोन वार्ताका क्रममा चीन र अमेरिका द्विपक्षीय विविध विषयहरुमा कुराकानीका भएको बताइएको छ । यसका अतिरिक्त उनीहरुबीचमा अफगानिस्तानको अहिलेको अवस्थाका बारेमा पनि कुराकानी भएको बताइएको छ । त्यस क्रममा उनीहरुबीचमा अफगानिस्तानमा अमेरिकीसहित नेटो सेनाको फिर्तीसँगै अफगानिस्तान अहिले निकै अप्ठ्यारो अवस्था रहेको विषयमा पनि कुराकानी भएको थियो । अमेरिकी सेनाहरु त्यहाँबाट निस्किसकेपछि हालको अफगानिस्तानको अवस्था गम्भीर रहेको अमेरिकी विदेशमन्त्री ब्लिङ्केनले बताएको थियो ।   साथै उनीहरूले अहिलेकै अवस्थामा अफगानिस्तानमा ठूलो सङ्ख्यामा रहेका विदेशी नागरिकहरुलाई त्यहाँबाट उद्धार गर्नुपर्ने चुनौती बाँकी नै रहेको पनि बताए ।  यस्तो अवस्थामा सबै विश्वसमुदाय र संयुक्तराज्य अमेरिकासमेत अफगानिस्तानमा रहेका विदेशी नागरिकहरुलाई त्यहाँबाट सकुशल उद्धारका लागि बोल्नुपर्ने पनि उनले बताए ।  हाल अफगान नागरिकलाई उनीहरुको अवस्था तथा अधिकारका लागि विश्वसमुदायले सहयोग गर्नुपर्नेमा पनि उनीहरुबीच कुराकानी भएको बताइएको छ । आगामी दिनमा पनि अफगान नागरिकको सुरक्षाका साथै उनीहरुको उद्धार र सहयोगका लागि पनि विश्व समुदायले काम गर्नुपर्ने तथा आगामी दिनमा तालिबानीहरुले के कस्तो नीति अख्तियार गर्नेछन् त्यसमा अफगानिस्तानको भविश्य बारे पनि उनीहरुबीच कुराकानी भएको छ ।
अफगानिस्तानमा अहिले पनि १० हजार जनाभन्दा बढी विदेशीहरु आफ्नो देश फर्किनका लागि बसेका छन् । उनीहरुलाई सुरक्षितरुपमा आफ्नो देश फर्किने व्यवस्थाका लागि आवश्यक सहयोग गर्न विश्वसमुदाय र संयुक्त राष्ट्रसङ्घले बोल्नुपर्ने अमेरिकी विदेशमन्त्री ब्लिङ्केनले बताए ।–रासस/सिन्ह्वा
 

प्रकाशित मिति: सोमबार, भदौ १४, २०७८  १७:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार