विस्थापित भएर काबुलमा बसेकालाई राष्ट्रसङ्घीय एजेन्सीद्वारा सहयोग

मंगलबार, भदौ १, २०७८

काबुल । काबुलमा विभिन्न प्रान्तबाट विस्थापित भएर आएका अफगान नागरिकलाई संयुक्त राष्ट्रसङ्घीय सहायता एजेन्सीले सहायता प्रदान गरिरहेको छ । संयुक्त राष्ट्रसङ्घीय प्रवक्ताका अनुसार अफगानिस्तानका विभिन्न प्रान्त तालिबानीले कब्जा गरेपछि अफगानिस्तान र विदेशका कतिपय नागरिक अरु प्रान्तबाट काबुल आइपुगेका छन् । उनीहरु र हालै राजधानी काबुल तालिबानले कब्जा गरिसकेपछि उत्पन्न परिस्थितिबाट यहाँ रहेका विभिन्न देशका नागरिक स्वदेश फर्किन विमानस्थल पुगेका छन् । आवश्यक मात्रामा उडान हुन नसक्दा हजारौँ नागरिक विमानस्थलमै बसेका छन् । उनीहरुलाई आवश्यक पर्ने खाद्य तथा बस्ने व्यवस्थाका लागि सो एजेन्सीले काम गरिरहेको छ । त्यहाँ उपस्थित ठूलो सङ्ख्याका विदेशी नागरिकलाई आवश्यक सहयोग गरिएको संयुक्त राष्ट्रसङ्घीय प्रवक्ता स्टेफेन डुजारिकले बताए ।  उनका अनुसार गत महिनादेखि अफगानिस्तानको हेरात, घज्नी, लागोर प्रान्तबाट पनि ठूलो संख्याका नागरिक यहाँ विस्थापित भएर आएका छन् ।
 

प्रकाशित मिति: मंगलबार, भदौ १, २०७८  १५:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार