लेबनान विस्फोटनमा २८ मारिए, ७९ घाइते

आइतबार, साउन ३१, २०७८

बेरुत । लेवनानको उत्तरी क्षेत्रमा भएको दुर्घटनामा परी कम्तीमा २८ जनाको मृत्यु भएको छ ।  पेट्रोलियम पदार्थ राखिएको ट्याङ्की विस्फोटन हुँदा भएको दुर्घटनामा परी अरू ७९ जना घाइतेसमेत भएको अधिकारीहरूले आइतबार जानकारी दिएका छन् ।  
देशको उत्तरी क्षेत्रमा पर्ने अक्कर जिल्लाको टिलैल भन्ने ठाउँमा घटना भएको हो । मृत्यु भएका र घाइते भएकामध्ये केही व्यक्ति र सैनिकहरूसमेत रहेको लेवनानको सेनाले जनाएको छ । सैनिकले सर्वसाधारण उपभोक्तालाई तेल बिक्री वितरण गरिरहेका बेला ट्याङ्की विस्फोट भएको एक सैन्य अधिकारीले जनाएका छन् ।  विस्फोटन भएको बेला घटनास्थलमा झण्डै २०० नागरिक रहेका थिए । घटनामा परी घाइते भएकाहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घटना भएको थाहा पाउनासाथ रेडक्रसकर्मीहरू उद्धार कार्यका लागि घटनास्थलमा खटिएका थिए । घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेहरूको सङ्ख्या बढ्नसक्ने उद्धारकर्ताहरूले बताएका छन् ।– रासस/सिन्ह्वा
 

प्रकाशित मिति: आइतबार, साउन ३१, २०७८  २२:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार