सोसल मिडिया
Contact Us
युनिकोड
सर्लाही । सर्लाहीको सडाहीस्थित सुन्दरपुरका निरस रायका २५ वर्षीय छोरा रामदुलार रायको मकवानपुरको भिमफेदीमा भएको विद्युतीय गाडी (ईभी) दुर्घटनामा परी मृत्यु भएको छ । छठ पर्व मनाउन घर आउने क्रममा रामदुलार आफ्ना ३० वर्षीय दाइ देवेन्द्र रायसँगै उक्त ईभी गाडीमा सवार थिए । दुर्घटनामा रामदुलारको घटनास्थलमै मृत्यु भएको छ भने उनका दाइ देवेन्द्र गम्भीर घाइते भएका छन् । हाल उनको उपचार भइरहेको उनका पिता निरस रायले जानकारी दिएका छन् । यस दुर्घटनाले निरस रायको परिवारमा ठूलो बज्रपात परेको छ। यसअघि नै जेठो छोरालाई गुमाइसकेको उक्त परिवारले अहिले फेरि अर्को छोरा रामदुलारलाई गुमाउनुपरेको छ। परिवारमा रहेका दुई छोरामध्ये एकको दुर्घटनामा मृत्यु भएको छ भने अर्का छोरा गम्भीर घाइते अवस्थामा उपचाररत छन् । लगातार सन्तान गुमाउनु परेको पीडाले निरस रायको परिवार अहिले गहिरो शोकमा डुबेको छ। छठ पर्व मनाउन घर फर्किने क्रममा भएको यस दुःखद घटनाले सिंगो गाउँ नै स्तब्ध बनेको छ।