सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । न्हूदँ समारोह समिति ११४७ को तत्त्वावधान तथा नेपालभाषा मंकाः खलः यलको संयोजनमा पाँचौँ नेपालभाषा मंकाः खलः यल खुला फिडे ब्लिट्ज रेटिङ चेस च्याम्पियनसिप २०८३ आज ललितपुरमा सम्पन्न भएको छ । प्रतियोगितामा रौतहटका रुपेश जैसवालले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गर्न सफल भएका छन् । एकदिने प्रतिस्पर्धाको ससखद् नतिजा सँगै उनले उपाधिसहित नगद रु। १० हजार पुरस्कार प्राप्त गरे । मंकाः खलःको चौथो पटक विजेता बन्ने क्रममा सिएम रुपेशले बुकोल्स टाइब्रेक नियम अनुसार समान अंकका युवा सिएम पुरुषोत्तम सिलवाललाई उछिनेका छन् । ललितपुर स्पोर्ट्स क्लबको प्राविधिक सहयोगमा सम्पन्न प्रतियोगितामा काठमाडौंका सीएम पुरुषोत्तम सिलवाल दोस्रो भए । उनले ६ हजार पुरस्कार प्राप्त गरे । त्यस्तै, ललितपुरका एआईएम अभिक शाह तेस्रो हुँदै रु. ५ हजार पुरस्कार जित्न सफल भए । स्पर्धामा सुनसरीका मुहान नरसिंह श्रेष्ठ चौथो हुँदै रु. ४ हजार, मकवानपुरका एफएम क्षितिज भण्डारी पाँचौँ हुँदै रु. ३ हजार ५०० तथा काठमाडौंका शुभदीप थापा छैटौँ हुँदै रु. ३ हजार पुरस्कार प्राप्त गर्न सफल भए । त्यसै सातौँ स्थानमा पाँचथरका रिसोन थापा, आठौँ स्थानमा काठमाडौंका बद्रिलाल नेपाली, नवौँ स्थानमा दोलखाका आशिष फुयाल र दसौँ स्थानमा काठमाडौंका सजल न्यौपानेले जनही रु. २ हजार ५०० पुरस्कार प्राप्त गरे । विधागत उत्कृष्ट महिलातर्फ खोटाङ्गका कुसुम घिसिङ प्रथम, ललितपुरका त्रिसरा लामा दोस्रो र साँखुका अन्शी जोशी तेस्रो भए। उनीहरूले क्रमशः रु. २ हजार, रु. १ हजार ५०० र रु. १ हजार पुरस्कार प्राप्त गरे । अन्य विधागत पुरस्कारतर्फ उत्कृष्ट भेट्रान ५५ वर्षमाथि ललितपुरका कृष्णमान महर्जन, उत्कृष्ट रेटिङ १८०० तर्फ मोरङ्गका प्रेम खड्का, उत्कृष्ट रेटिङ १६०० तर्फ राजेन्द्र श्रेष्ठ, उत्कृष्ट युा १६ तर्फ प्रलेश महर्जन ललितपुर, उत्कृष्ट युवा १४ तर्फ प्रबिर केसी काठमाडौं, उत्कृष्ट युवा १२ तर्फ अग्रिम सैंजु पाल्पा तथा उत्कृष्ट स्थानीय ललितपुर तर्फ सुरोज महर्जन उत्कृष्ट घोषित भए । उनीहरू प्रत्येकले रु। २ हजार पुरस्कार प्राप्त गरे । तीन मिनेट दुई सेकेन्डको इन्क्रिमेन्ट समय नियन्त्रणमा नौ चरण स्विस लिग प्रणाली अनुसार सञ्चालन भएको प्रतियोगिताको कुल नगद पुरस्कार राशि रु। ६० हजार रहेको थियो । यसबीच पुरस्कार वितरण समारोहमा ललितपुर महानगरपालिकाका ७ नं. वडा अध्यक्ष कुलबहादुर महर्जनले मंकाः खलःको न्हूदँ कार्यक्रम अन्तर्गत बुद्धिचाल खेलले युवा खेलाडीलाई उत्प्रेरणा दिएको कुरा उल्लेख गर्दै नगरपालिका खेल प्रति सकारात्मक रहेको बताए ।