Tihar Banner
Tihar Banner

एनपीएल : विराटनगरलाई ९ विकेटले हराउँदै काठमाडौँ गोर्खाजको दोस्रो जित

बिहीबार, कात्तिक १९, २०८३

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौँ गोर्खाजले विराटनगर किङ्समाथि ९ विकेटको सानदार जित निकालेको छ । कीर्तिपुरस्थित टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगर १८.३ ओभरमा ८३ रनमै अलआउट भयो । रुपेश सिंहले सर्वाधिक २६ र एन्जेलो म्याथ्युजले २२ रन जोडे पनि अन्य ब्याटर चल्न सकेनन्। आन्द्रे रसेल ३ र लोकेश बम ६ रनमा आउट भए भने तीन ब्याटरले खातासमेत खोल्न सकेनन् । काठमाडौंका सन्तोष यादवले ३ र सहन आरच्चिगेले २ विकेट लिए । ८४ रनको सामान्य लक्ष्य काठमाडौँले ९.४ ओभरमै १ विकेट गुमाएर भेट्टायो । अस्ट्रेलियन ब्याटरद्वय डेभिड वार्नर ४४ र विलियम बोसिस्टो २३ रनमा अविजित रहँदै टोलीलाई सहज जित दिलाए। यो जितसँगै काठमाडौँले ३ खेलमा दोस्रो जित निकालेको छ भने विराटनगरको यो तेस्रो हार हो ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १९, २०८३  २१:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार