जासुसीको आरोपमा क्यानेडेली नागरिकलाई ११ वर्षको कारावास सजाय 

कारबाही कानुनबमोजिम गरिएको चिनियाँ परराष्ट्र मन्त्रालयको दाबी
शुक्रबार, साउन २९, २०७८

बेइजिङ । चीनमा रहेका एक क्यानेडेली नागरिकले चीनको कानुन विपरीत गतिविधि गरेको भेटिएकोले उहाँमाथि कारबाही भएको बताएको छ । ‘चीनले आफ्नो देशको कानुनबमोजिम नै चीनमा रहेका क्यानाडाका व्यापारी माइकल स्पाभरीलाई कारबाही गरेको हा’, चिनियाँ परराष्ट्र मन्त्रालयकी प्रवक्ता ह्वा छुन यिङलेस्पाभरीविरूद्धको कारबाहीबारे सोधिएको प्रश्नको जवाफ दिँदै भनिन् ।  चीनको एक अदालतले स्पाभरीलाई जासुसी गरेको आरोपमा हालै दोषी ठहर गर्दै ११ वर्षको जेल सजाय सुनाएको थियो । प्रवक्ता ह्वा छुन यिङले भनिन्, ‘क्यानाडाले उसका केही सहयोगी मुलुकलाई हातमा लिएर गरिएको चीनको अदालतले चीनमा भएका क्यानेडेली नागरिकलाई ऐनबमोजिम कारबाही गरेकोमा प्रश्न गर्नु गलत हो । यसले चीनको कानुनी सार्वभौमिक अधिकारको हनन् भएको छ । चीन यसको कडा शब्दमा निन्दा गर्छ । सम्बन्धित मुलुकहरूले कानुनबमोजिम प्रशासन गर्ने भावना गरी चीनको कानुनी सार्वभौमिकताको सम्मान गरी गैरजिम्मेवार भनाइ रोक्न हामी आग्रह गर्दछौँ ।’  चीन र उत्तर कोरियाबीच यात्रा र सांस्कृतिक आदानप्रदान व्यवसाय चलाउने स्पाभरी जासुसी र अवैध रूपमा राज्यको गोपनीयता भङ्ग गरेको आरोपमा दोषी ठहरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले बताएका थिए । अदालतले उनको निजी सम्पत्ति पनि जफत गर्ने आदेश दिएको छ ।  अमेरिकाको आग्रहमा चिनियाँ दूरसञ्चार कम्पनी हुवावेका प्रमुख वित्तीय अधिकारी मेन वान्झाउलाई गिरफ्तार गरेको केही समयपछि सन् २०१८ को डिसेम्बरमा चीनमा हिरासतमा लिइएका दुई क्यानाडेलीमध्ये स्पाभरी एक हुन् । यता क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले भने चीनले आफ्ना नागरिकलाई सुनाइएको सजायको फैसला बदलाको भावले उत्प्रेरित रहेको बताएका छन् ।–सिन्ह्वा 
 

प्रकाशित मिति: शुक्रबार, साउन २९, २०७८  ०४:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार