अफगानिस्तानमा हिंसा अन्त्य गर्न तालिबान समूहलाई सत्ता साझेदारीको प्रस्ताव 

शुक्रबार, साउन २९, २०७८

दोहा । अफगान सरकारी वार्ता सदस्यहरूले देशमा भएको लडाइँ अन्त्यका लागि तालिबानलाई सत्ता साझेदार सम्झौताको प्रस्ताव गरेका छन् । कतारमा सरकारी वार्ता स्रोतले बिहीबार एएफपीलाई जानकारी गराएअनुसार तालिबान आक्रमण अन्त्य गरी देशमा शान्ति स्थापनाका लागि सरकारले तालिबान समूहलाई सत्ता साझेदारीको प्रस्ताव गरेको हो । सरकारी अधिकारीले भने, “सरकारले कतारको मध्यस्थतामा एक प्रस्ताव पेस गरेको छ । यो प्रस्तावले देशमा हिंसा रोक्न, शान्ति स्थापना गर्न तालिबानलाई सत्ता सहकार्यका लागि आह्वान गरेको छ ।”   यसैबीच रणनीतिक दृष्टीकोणले महत्वपूर्ण र अर्थपूर्ण मानिने गजनी प्रान्तको प्रान्तीय राजधानी सहर नियन्त्रणमा लिएको लडाकूले बिहीबार जानकारी दिएका छन् । घटनास्थल राजधानी काबुलदेखि १५० किलोमिटर टाढा पर्दछ ।  योसँगै तालिबान लडाकूले अफगानिस्तानमा अहिलेसम्म यहाँका ३४ प्रान्तमध्ये १० प्रान्तका राजधानीमा कब्जा गरेको दाबी गरेका छन् तर सरकारले अफगानिस्तानको सेना अहिले पनि तालिबानले कब्जामा लिएको भनिएका क्षेत्रमा रहेको बताएको छ ।  तालिबानले देशका ३४ वटा प्रान्तीय राजधानीमध्ये अरू सहरलाई पनि नियन्त्रणमा लिने प्रयासका साथ लडाइँ जारी रहेको जनाएको छ ।

अफगानिस्तानबाट हजारौं नागरिक विस्थापित

संयुक्त राष्ट्रसङ्घले पछिल्ला केही हप्तायता अफगानिस्तानमा जारी रहेको हिंसाका कारण यहाँबाट दशौँ हजार नागरिक भागेको बताएको छ । संयुक्त राष्ट्रसङ्घले हालै प्रकाशन गरेको एक प्रतिवेदनमा पछिल्ला केही हप्तामा अफगानिस्तानमा त्यहाँका तालिबानीले हिंसा शुरु गरेको जनाएको छ । अफगानिस्तानबाट अमेरिकी र नेटो सेना फर्किने समाचारहरु आएसँगै तालिबानीले यहाँका विभिन्न शहरमा कब्जा जमाउन थालेको भन्ने समाचार बाहिर आइरहेका छन् ।
जसका कारण यहाँ दिन प्रतिदिन हिंसा जारी छ । यहाँका नागरिक अफगान र तालिबान सेनाको चेपुवामा परेकोले उनीहरु भाग्न बाध्य भएका छन् । यो वर्षमात्र हिंसामा परेर करिब चार लाख नागरिक विस्थापित भई उनीहरु देशभित्रै आन्तरिक शरणार्थीरुपमा बस्न बाध्य भएका छन् ।
अहिले यहाँका विस्थापित नागरिकहरु आफ्ना बालबालिकासहित राजधानी काबुलमा शरण लिन थालेका छन् ।  यहाँ कतिपय सहायता एजेन्सीले उनीहरुलाई आवश्यक खाने र बस्ने प्रबन्ध मिलाइरहेको समाचार आएसँगै दिनहुँ ठूलो संख्यामा विस्थापित भएर विभिन्न शहरमा पुगेको हुँदा व्यवस्थापन गर्न पनि गाह्रो भइरहेको बताइएको छ । हाल अफगानिस्तानबाट अमेरिकी र नेटो सेना फर्किन थालेपछि यहाँको सरकारी सेना र तालिबानबीचमा भीषण सङ्घर्ष जारी रहेको बताइएको छ । जसका कारण सयौँ नागरिकको ज्यान पनि गएको छ भने कैयौँ घाइते भएका छन् ।

अफगानिस्तानको अर्को प्रान्तीय राजधानी पनि तालिवान लडाकूको नियन्त्रणमा

विद्रोही तालिवान लडाकूले अफगानिस्तानको अर्को प्रान्तीय राजधानी पनि नियन्त्रणमा लिएको दाबी गरेका छन् ।  रणनीतिक दृष्टीकोणले महत्वपूर्ण र अर्थपूर्ण मानिने घाज्नी प्रान्तको प्रान्तीय राजधानी घाज्नी शहर नियन्त्रणमा लिएको लडाकूले बिहीबार जानकारी दिएका छन् ।  घटनास्थल राजधानी काबुलदेखि १५० किलोमिटर टाढा पर्दछ । योसँगै तालिवान लडाकूले अफगानिस्तानमा अहिलेसम्म १० प्रान्तीय राजधानी कब्जा गरेको दाबी गरेका छन् ।  पछिल्लो चरणमा विद्रोही लडाकूले एक हप्तादेखि विभिन्न प्रान्तीय राजधानी नियन्त्रणमा लिने कार्यलाई तीव्रता दिएका छन् । लडाकूले घाज्नी सहर नियन्त्रणमा लिएका छन्, एक अधिकारीले पत्रकारसँग भने । उनका अनुसार घटनास्थलमा लडाकू र सरकारी सुरक्षाकर्मीका बीचमा अहिले पनि भीडन्त भइरहेको छ ।
सरकारले अफगानिस्तानका धेरै ठाउँमाथिको नियन्त्रण गुमाउदै गएको छ । विषेश गरेर देशको उत्तरी र पश्चिमी क्षेत्रमा तालिबान लडाकूले आफ्नो पकड बढाउदै लगेका हुन् ।   अफगानिस्तानको सुरक्षामा द्रुतरुपमा देखिएको गिरावटको मुख्य कारण अमेरिकी सेनाको हतारमा भएको फिर्ती नै हो । तर अमेरिकी राष्ट्रपतिले भने सेना फिर्ता गरेकोमा पछुतो नभएको बताउनु भएको छ । अफगानिस्तानमा तालिबानले लगातार एकपछि अर्को शहर नियन्त्रणमा लिइरहेका बेला अमेरिकी राष्ट्रपति जो बाइडनले उक्त देशबाट अमेरिकी फौज फिर्ता गर्ने आफ्नो निर्णयप्रति पछुतो नभएको बताएका छन् ।  यद्यपि राष्ट्रपति बाइडनले अफगानिस्तानका लागि संघर्ष गर्नका लागि अफगान नेतालाई एक हुन आह्वान गर्नुभएको छ । बीस वर्षपछि अमेरिकी नेतृत्वको विदेशी फौजले अफगानिस्तान छाडेपछि त्यहाँ देशैभरि हिंसा बढेको छ । तालिबानले देशका ३४ वटा प्रान्तीय राजधानीमध्ये अरु शहरलाई पनि नियन्त्रणमा लिने प्रयासका साथ लडाइँ जारी रहेको जनाएको छ ।– एएफपी

प्रकाशित मिति: शुक्रबार, साउन २९, २०७८  ०४:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार