एनपीएल

पोखरा बलिङमा

आइतबार, कात्तिक १५, २०८३

काठमाडौं । राजधानीमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज एकमात्र खेल हुँदैछ । खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अहिले जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्दैछन् । पोखराले टस जितेर बलिङ रोजेको छ । तेस्रो खेल खेलिरहेको जनकपुर दोस्रो जितको लक्ष्यमा रहँदा दोस्रो खेल खेलिरहेको पोखराको पहिलो जित निकाल्ने उद्देश्य रहनेछ । जनकपुरको कप्तानी हर्मित सिंह र पोखराको नेतृत्व कुशल भुर्तेलले सम्हालेका छन् । एनपीएल इतिहासमा यी दुबै टोली दुईपटक भिडेका छन्। जसमा एकरएक जित निकालेका छन् ।  गत संस्करणमा पोखराले जनकपुरलाई २५ रनले हराएको थियो भने पहिलो संस्करणमा जनकपुरले पोखरालाई सात विकेटले पराजित गरेको थियो । जारी प्रतियोगितामा आठ टोली सहभागी छन् ।  कर्णाली याक्स अंकतालिकाको शिर्ष स्थानमा छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक १५, २०८३  १७:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार