Dashain Banner
Dashain Banner

बंगलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपीएल खेल्ने

बुधबार, कात्तिक ४, २०८३

काठमाडौँ । बंगलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन् । पोखराले उनलाई टोलीमा अनुबन्ध गरेको हो । ‘‘बंगलादेशका उत्कृष्ट अलराउन्डर तथा आइसिसी टी–२० अन्तर्राष्ट्रिय बलिङ बरियतामा आठौँ स्थानमा रहेका हसन एनपीएलको तेस्रो संस्करणमा एभेन्जर्सको जर्सीमा खेल्न छन्,’’ पोखराले आज सामाजिक सञ्जाल फेसबुक पेजमा लेखेको छ । ३१ वर्षीय मेहदीले हालसम्म बंगलादेशका ७८ टी–२० अन्तर्राष्ट्रिय र १२ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनले टी–२० मा ७८ र एकदिवसीयमा १५ विकेट लिएका छन् । मेहदीले विभिन्न छवटा टोलीबाट बंगलादेश प्रिमियर लिग (बिपिएल) समेत खेलेका छन् । एनपीएल उनका लागि पहिलो विदेशी लिग हुनेछ । पोखराले तेस्रो संस्करणको एनपीएलका लागि बंगलादेशका पूर्वकप्तान शाकिब अल हसनलाई पनि अनुबन्ध गरिसकेको छ । एनपीएलको तेस्रो संस्करण कात्तिक ९ गतेदेखि काठमाडौँमा आयोजना हुँदैछ ।

प्रकाशित मिति: बुधबार, कात्तिक ४, २०८३  २१:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार