Dashain Banner
Dashain Banner

एनपिएलले पायो लिस्ट ए टि ट्वान्टी मान्यता

बुधबार, कात्तिक ४, २०८३

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणका सबै खेलले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट लिस्ट ए टि ट्वान्टीको आधिकारिक मान्यता पाएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै यसको जानकारी दिएको छ । कीर्तिपुरस्थित टियु मैदानमा कात्तिक ९ देखि मंसिर ५ गते (अक्टोबर २६ देखि नोभेम्बर २१ ) सम्म सञ्चालन हुने सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) लाई आईसीसीले यसअघि नै मान्यता दिसकेको थियो ।  तर टि ट्वान्टीको मान्यता पाउने नपाउनेमा प्रस्ट थिएन । अब त्यो द्विविधाको पनि अन्त्य भएको छ । क्यानका सचिव पारस खड्काले यसबाट नेपाली क्रिकेटको विकास, व्यावसायिकता तथा अन्तर्राष्ट्रिय पहिचान अभिवृद्धिमा थप योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति: बुधबार, कात्तिक ४, २०८३  २०:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार