सोसल मिडिया
Contact Us
युनिकोड
जनकपुर । जनकपुरधामस्थित राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ८१९ वटा बोकाको बलि प्रदान भएको छ । हिजो (आईतबार) राती पौने ९ बजेदेखि सुरु भएको बलिप्रदान कार्यक्रम विहान ४ बजेसम्म चलेको थियो । बलि प्रदानका निम्ति ४ वटा ठेहा –बलि दिने स्थान) को व्यवस्था गरिएको थियो । श्रद्धालुभक्तजनको सुविधाका निम्त मन्दिरको पूर्व, पश्चिम र दक्षिण गरी तीन स्थानबाट बोकाको लाईन व्यवस्थापन गरिएको थियो । बलि प्रदान अघि निस्सा पूजा गरिएको थियो भने नेपाली सेनाले सलामी समेत दिएको थियो । यस वर्ष बोका बलिका लागि टिकट शुल्क ३०० रुपैयाँ प्रति टिकट रहेको थियो । गत वर्ष १४ हजार ९०३ वटा बोकाको बलि प्रदान भएको थियो । त्यस अघि २०८१ सालमा १५ हजार ४ वटा बोकाको बलि प्रदान भएको थियो । मन्दिर व्यवस्थापक महावीर युवा कमिटिले प्रत्येक वर्ष दशैंको व्यवस्थापन गर्दै आएको छ । कमिटिका अनुसार गत वर्षको तुलनामा यस वर्ष श्रद्धालु भक्तजनको भीड उल्लेखनीय रहेको थियो । प्रसाद चढाउन र बोका बलिका निम्त धनुषाबाहेक सिरहा, सप्तरी, महोत्तरी, भारतीय सीमा क्षेत्र विहारका विभिन्न जिल्लाबाट समेत भाकल पूरा भएकाहरुको उपस्थित रहेको थियो ।