काँग्रेसको १५ औं महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि धमाधम मतदान 

शुक्रबार, असोज २३, २०८३

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि तीनवटा केन्द्रमा मतदान जारी छ । शुक्रबार बिहान ७ बजेदेखि मतदान सुरु हुने भनिए पनि एक घण्टा ढिला गरी मतदान सुरु भएको हो । खुलामञ्चमा ६ प्रदेश र विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट निर्वाचित भएर आएका महाधिवेशन प्रतिनिधिहरूले मतदान गरिरहेका छन् । बागमती प्रदेशका प्रतिनिधिहरूले भने प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहमा मतदान गरिरहेका छन् ।

प्रकाशित मिति: शुक्रबार, असोज २३, २०८३  १०:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार