सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । निर्वाचन व्यवस्थापनबारे निर्वाचन समितिले सभापति, उपसभापति र महामन्त्री पदका सबै उम्मेदवारसँग छलफल गर्ने भएको छ । निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार आज बिहान ११ः३० बजे निर्वाचन कार्यालयमा सबै उम्मेदवारसँग निर्वाचन व्यवस्थापनका विषयमा छलफल गर्न लागिएको हो । छलफलमा निर्वाचन प्रक्रिया, व्यवस्थापन तथा उम्मेदवारका सुझावलगायत विषयमा कुराकानी हुने जनाइएको छ ।