भारतमा दैनिक सङ्क्रमित दरमा कमी, सक्रिय सङ्क्रमितको सङ्ख्या पनि घट्यो

आइतबार, साउन २४, २०७८

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा कमी आएको छ । शुक्रवार सार्वजनिक गरिएको विवरणको तुलनामा शनिबार सार्वजनिक गरिएको विवरणमा दैनिक सङ्क्रमितको सङ्ख्यामा कमी देखिएको हो । शुक्रबारभन्दा शनिवारको विवरणमा झण्डै छ हजार कमी देखिएको सरकारी अधिकारीले जानकारी दिएका छन् ।  शनिबार सार्वजनिक गरिएको विवरणअनुसार पछिल्लो २४ घण्टामा भारतमा ३८ हजार ६२८ जना नयाँ सङ्क्रमित थपिएका छन् । जवकी शुक्रबार सार्वजनिक गरिएको विवरणमा ४४ हजार ६४३ जना नयाँ सङ्क्रमित भएको उल्लेख थियो ।  सरकारी अधिकारीका अनुसार पछिल्लो एकै दिनमा ४० हजार १७ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । एउटै समयावधिमा नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै भएकाले अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या घटेको छ । 
भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको कूल सङ्ख्या चार लाख १२ हजार १५३ रहेको छ । जवकी अघिल्लो दिन चार लाख १४ हजार १५३ रहेको थियो ।  सरकारी अधिकारीका अनुसार भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या तीन करोड १८ लाख ९५ हजार ३८५ पुगेको छ । तीमध्ये १.२९ प्रतिशत मात्रै अहिले सङ्क्रमित अवस्थामै रहेका छन् ।
सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भइसकेकाको सङ्ख्या भने तीन करोड १० लाख पुगेको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएर चार लाख २७ हजार ३७१ जनाको मृत्यु भएको छ । तीमध्ये ६१७ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।  सरकारी अधिकारीका अनुसार भारतमा अहिलेसम्म ४७ करोड ८३ लाख जनाको कोरोना परीक्षण गरिएको छ ।  भारतमा पछिल्लो एक दिनमा ४९ लाख ५५ हजार १३८ जनालाई कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ । योसँगै अहिलेसम्म खोप लगाएकाको सङ्ख्या  ५० करोड १० लाख नौ हजार ६०९ पुगेको छ ।– एएनआई
 

प्रकाशित मिति: आइतबार, साउन २४, २०७८  ०५:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार