सिभिल अस्पतालमा बिहानैदेखि बिरामीको लामो लाइन

सोमबार, भदौ ८, २०८३

काठमाडौं । नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल)मा ओपीडी टिकट लिन बिहानैदेखि बिरामीहरुको लामो लाइन लाग्ने गरेको छ । बिहान करिब ५ बजेदेखिनै अस्पताल परिसरमा ओपिडि टिकट लिन आउने बिरामी र उनीहरूका आफन्तको भीड देख्न सकिन्छ । ओपीडी सेवा लिन आएका सेवाग्राहीहरू टिकट काट्न घण्टौँ पालो कुर्नुपर्ने अवस्था रहेको बताउँछन् । बिरामीको चाप बढे पनि टिकट व्यवस्थापन र सेवा प्रवाहमा सुधार आवश्यक रहेको सेवाग्राहीहरूको गुनासो छ । यस्तो दृश्य सिभिल अस्पतालमा मात्र नभइ देशभरका अन्य सरकारी अस्पतालहरुमा पनि देखिने गरेको छ । जसले सरकारी स्वास्थ्य सेवामा बढ्दो चापलाई स्पष्ट रुपमा देखाउँछ ।

photo-7_20ae8600-1787543221.jpeg
 

प्रकाशित मिति: सोमबार, भदौ ८, २०८३  ०९:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार