सत्ता गठबन्धन कार्यदलको दोस्रो बैठकले साझा कार्यक्रम टुङ्गो लगाउने

मंगलबार, साउन १९, २०७८

काठमाडौँ । सत्तारुढ गठबन्धन कार्यदलको आज बस्ने दोस्रो बैठकले न्यूनतम साझा कार्यक्रम र सरकार सञ्चालन कार्यविधि तय गर्ने भएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको कार्यदलको बैठकमा यस विषयमा गम्भीर छलफल भई आजै टुङ्गो लगाएर शीर्षनेतालाई बुझाउने तयारी भएको बताइएको छ । कार्यदलको अर्को बैठक आजै अपराह्न ४.३० बजे बस्ने कार्यदलका सदस्यसचिव केशवराज जोशीले जानकारी दिएृ। उनका अनुसार आज बिहान ८ बजे शुरु भएको बैठक झण्डै १२.३० बजेसम्म चलेको थियो । बैठकमा नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका कार्यदलका संयोजक पूर्णबहादुर खड्कासहित कांग्रेसका डा.मिनेन्द्र रिजाल र रमेश लेखक, नेकपा (माओवादी केन्द्र) का देव गुरुङ र वर्षमान पुन तथा जनता समाजवादी पार्टीका राजेन्द्र श्रेष्ठ र महेन्द्र राय यादव सहभागी थिए ।  कार्यदलले गठबन्धन सरकारको प्राथमिकता, सरकारको नीति तथा कार्यक्रम, सङ्घीयताको कार्यान्वयनलगायत विषय समेटेर साझा कार्यक्रम तयार गर्नेछ । कार्यदलले आज न्यूनतम साझा कार्यक्रमको टुङ्गो लगाएपछि एक÷दुई दिनभित्रै सरकारले पूर्णता पाउने बताइएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन १९, २०७८  १४:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार