सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । कोलम्बियामा वायुसेनाको विमान दुर्घटना हुँदा कम्तीमा ६६ जनाको मृत्यु भएको छ । दर्जनौँ घाइते भएका बीबीसीले जनाएको छ । अधिकारीहरूले देशको दक्षिणमा उडान भरेको केही समयपछि नै वायुसेनाको विमान दुर्घटनाग्रस्त भएको बताएका छन् । वायुसेना कमान्डर कार्लोस फर्नान्डो सिल्भा रुएडाले विमानमा ११४ सैन्य कर्मचारी र ११ चालक दलका सदस्य सवार रहेको बताएका छन् । यो अमेरिकी निर्मित सी–१३० हर्कुलस विमान थियो, जुन सेना ओसारपसार गर्न प्रयोग गरिन्छ । विमान पुटुमायो प्रान्तको प्युर्टो लेगुइजामो सहरनजिकै दुर्घटनाग्रस्त भएको हो । उक्त क्षेत्रमा पठाइएका आपतकालीन उद्धारकर्ताहरूले भग्नावशेषमा बाँचेकाहरूको खोजी गरिरहेका छन् ।