पुनर्बहालीको माग गर्दै माओवादी छाडेर एमाले छिरेका चार पूर्व सांसद सर्वोच्च अदालतमा 

बुधबार, साउन १३, २०७८

काठमाडौँ । माओवादी केन्द्र छाडेर नेकपा एमाले प्रवेश गरेका पूर्वसांसद लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंखर चौधरीले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका छन् । माओवादी केन्द्रका तर्फबाट सांसद नियुक्त भएका भट्ट, रायमाझी, साह र चौधरीले केपी ओलीलाई समर्थन गरेपछि पार्टीले सांसद पदबाट हटाएको थियो । चारैजना पूर्व सांसदले आफूलाई अवैधानिक रुपमा पार्टीले सांसदबाट हटाएको भन्दै पुनर्बहालीको माग राखेर अदालतमा निवेदन दिएका हुन् ।  यसअघि उनीहरूले माओवादी केन्द्रको वैधानिकतामाथि प्रश्न उठाउँदै निर्वाचन आयोगमा उजुरी दिएका थिए । उनीहरुको निवेदनलाई आयोगले बदर गरिदिएको थियो ।

प्रकाशित मिति: बुधबार, साउन १३, २०७८  १४:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार