गण्डकीमा पृथ्वीमान गुरुङ र लुम्बिनीमा अमिक शेरचन प्रदेश प्रमुख नियुक्त

मंगलबार, साउन १२, २०७८

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेश प्रमुखमा पुथ्वीमान गुरुङ र लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचनलाई नियुक्त गरेकी छन् ।  नेपालको संविधानको धारा १६३ को उपधारा १२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उनीहरूलाई राष्ट्रपतिले प्रदेश प्रमुखमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । मन्त्रिपरिषद्को आजैको बैठकले लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादव र गण्डकी प्रदेशका प्रमुख सीताकुमारी पौडेलाई पदमुक्त गरी गुरुङ र शेरचनलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा उनीहरूलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, साउन १२, २०७८  २१:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार