प्रधानमन्त्री देउवासँग अमेरिकी विदेशमन्त्रीको टेलिफोन वार्ता

मंगलबार, साउन १२, २०७८

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग आज अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिंकेनबीच टेलिफोन वार्ता गरेका छन् । वार्तामा उनीहरुबीच आपसी सम्बन्धसहित विकास साझेदारीका  विषयमा छलफल भएको प्रधानमन्त्री देउवाले ट्वीटमार्फत जानकारी दिएका छन् । टेलिफोन वार्तामा दुई नेताले जालवायू तथा कोभिड–१९ का सम्बन्धमा सहकार्यका  विषयमा छलफल भएको अमेरिकी विदेशमन्त्री बेल्किनले जानकारी दिएका छन् ।

नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासँग आज कुराकानी गर्ने अवसर प्राप्त भयो । हामीले अमेरिका–नेपाल साझेदार तथा सहकार्य गर्ने विषयमा कुराकानी ग¥यौं । खाषगरी जलवायू परिवर्तन कोभिड–१९ विरुद्ध सहकार्य गर्ने विषयमा सहकार्यमा कुराकानी भयो’ जे ब्लिंकेनले ट्वीटमा भनेका छन् । 

प्रकाशित मिति: मंगलबार, साउन १२, २०७८  २१:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार