मुख्यमन्त्रीले थाले प्रदेशको नामकरणबारे छलफल 

मंगलबार, साउन १२, २०७८

विराटनगर । प्रदेश नं १ को नामकरणको लागि मुख्यमन्त्री शेरधन राईले आजदेखि छलफल थालेका छन् ।  प्रदेश नं १ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुसँग मुख्यमन्त्री राईले नामकरणको विषयमा परामर्श थालेका हुन् । चालू अधिवेशनबाटै प्रदेशको नाम राख्न मुख्यमन्त्री राईले प्रयास थालेका हुन् । प्रदेशसभाको बजेट तथा आठौँ अधिवेशन अर्को सूचना जारी नभएसम्म स्थगन भएको छ भने यही सेरोफेरोमा सर्वसम्मति एवं सहमति जुटाउन मुख्यमन्त्री राई प्रदेशको नामकरणका लागि छलफल शुरु गरेका हुन् । मुख्यमन्त्री राईले दलका नेताहरुसँग प्रदेशको नामका लागि सहमति गरेर अगाडि बढ्नुपर्ने भन्दै छलफललाई तीव्रता दिनुभएको छ । प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायतका दलका नेताहरुसँग मुख्यमन्त्री राईले छलफल गरेका हुन् । छलफलका क्रममा दलका नेताहरुले आ–आफ्नो पार्टीभित्र समान धारणा बनाएर अगाडि बढाउने बताएका थिए । 

प्रकाशित मिति: मंगलबार, साउन १२, २०७८  २०:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार