सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । नेकपा (एमाले) भित्रको विवाद समादानका लागि बहुकोणबाट पहल भएपनि अध्यक्ष केपी शर्मा ओलीको वाणीका कारण पर–पर धलेलिँदै गएको छ । केही दिन अघि आममाफी दिएको घोषणा गर्दा नेपाल समूहले आममाफी दिने महाराजधिराज भनि प्रतिक्रिया सार्वजनिक गरेको थियो । सोमबार पनि उनले यस्तै आशको अभिव्यक्ति सार्वजनिक गरेका छन् । उनले भनेका छन्, ‘पार्टीमा बाटो बिराएकालाई फर्केर आउन आग्रह गर्दछु ।’ अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) को सचिवालयको प्रथम बैठकलाई आज भर्चुअल सम्बोधन गर्दै उनले भनेका छन, ‘बाटो बिराएकालाई पनि फर्केर आउन आग्रह गर्छु । पार्टीको नीति र सिद्धान्तअनुसार चल्नुपर्छ ।’ यसअघि उनले नेपाल समूहलाई आममाफी दिने घोषणा गरेका थिए । उनले भने, ‘पार्टीलाई स्वार्थ र विकाउमा नलगाउ, देशको सबैभन्दा बढी जनसङ्ख्या एमालेमा छन्, परिपक्क राजनीतिक पार्टी हो, यो देशको मुख फेर्ने पार्टी हो ।’ पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले पार्टीलाई नमूना बनाई सुशासन र विकासका लागि काम गर्नुपर्नेमा जोड दिएका छन्। उनले भने, ‘राजनीतिलाई बेठीक बाटोमा लान खोजिँदैछ, राजनीतिलाई संसद्बाट अलग्याउन खोजिँदैछ, राजनीतिलाई राजनीतिबाट अलग्याइँदैछ, त्यही सम्झेर मैले जनतामा जानुपर्छ भनेर निर्वाचनको घोषणा गरेको थिएँ ।’ अध्यक्ष ओलीले एमाले पनि भन्न नछाड्ने, अनुचित क्रियाकलापमा सहभागी हुने क्रियाकलाप अपराध विषय भएको र यसले लोकतान्त्रिक आन्दोलनलाई असर परेको बताए । ‘एकछिन आकाशमा बादल आउन सक्छ, एकछिन ओझेल पार्न सक्छ तर एकछिनपछि सूर्यले प्रकाश दिन्छ नै’, उनले भने, ‘न्यानोपन दिन्छ नै, यसले आफ्नो सही विचार र सही मार्ग पनि हो, त्यसका लागि महिला जगत्ले ठूलो सहयोग जरुरी छ ।’ उनले सामाजिक जीवनका हरेक क्षेत्रमा महिला सहभागिता वृद्धि गर्दै लैजानुपर्नेमा जोड दिएका छन् । सङ्घका संयोजक थममाया थापाले पार्टीलाई सङ्गठित भएर अगाडि बढाउनुपर्ने र यसका लागि योजनाबद्ध तरिकाले अघि बढ्नुपर्नेमा जोड दिइन् ।