हवाई आक्रमणमा परी कम्तीमा तीसको मृत्यु, सत्र घाइते

शनिबार, साउन ९, २०७८

काबुल । सुरक्षाकर्मीको हवाई आक्रमणमा परी अफगानिस्तानमा कम्तीमा ३० जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये सवै जना तालिबान लडाकू रहेको रक्षा मन्त्रालयका उच्च अधिकारीले पुष्टि गरेका छन् ।  घटनामा परी अरु १७ जना घाइतेसमेत भएको अधिकारीले जानकारी दिएका छन् । शुक्रबार दुई प्रान्तमा घटना भएको जनाइएको छ ।  देशको उत्तरी क्षेत्रमा पर्ने जावज्जान प्रान्तमा १९ जनाको मृत्यु भएको थियो भने १७ जना घाइते भएका थिए । मुर्घाब र हसानमा रहेको तालिबान लडाकूको आश्रयस्थललाई लक्षित गरेर सुरक्षाकर्मीले हवाइ आक्रमण गरेका थिए । त्यसैगरी हेल्मन्ड प्रान्तको लश्कर गाहमा पनि सुरक्षाकर्मीले हवाई आक्रमण गरेका थिए । घटनास्थलबाट सुरक्षाकर्मीले सवारी साधन, बङ्कर, विस्फोटक पदार्थलगायतका लडाकूले प्रयोग गर्नेगरेको सामग्री पनि बरामद गरेका छन् । लामो समयदेखि आन्तरिक द्वन्द्व चलिरहेको अफगानिस्तानमा द्वन्द्व अन्त्यका लागि प्रयास भइरहेपनि टुंगीन सकेको छैन ।  द्वन्द्वका कारण अहिलेसम्म अफगानिस्तानमा हजारौको मृत्यु भएको छ भने लाखौँ विस्थापित भएका छन् ।– एएनआई 
 

प्रकाशित मिति: शनिबार, साउन ९, २०७८  १९:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार