सिरियाको पछिल्लो अवस्थाप्रति संयुक्त राष्ट्रसङ्घ चिन्तित

शनिबार, साउन ९, २०७८

संयुक्त राष्ट्रसङ्घ । सिरियाका पछिल्लो समयमा बढ्दै गइरहेको हिंसाको अवस्थाप्रति संयुक्त राष्ट्रसङ्घ चिन्तित रहेको छ । संयुक्त राष्ट्रसङ्घका प्रवक्ताले शुक्रबार एक विज्ञप्ति प्रकाशन गरेर सो कुराको जानकारी दिएका हुन् । उनका अनुसार सिरियामा पछिल्लो समयमा हिंसा शुरु भएको छ । पछिल्लो समयमा सिरियाका उत्तरपश्चिमी क्षेत्रमा हिंसात्मक हमला र आक्रमणका घटना बढेका छन् । यसबाट सिरियाली नागरिकको ज्यान गएको छ । त्यहाँका बालबालिका र महिला पनि समस्यामा परेको देखिएको छ, भन्दै संयुक्त राष्ट्रसङ्घले सो हिंसा रोक्नका लागि पहल गर्न सम्बद्ध सबैसँग आग्रह पनि गरेको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसका सहायक प्रवक्ता फरहान हकले प्रकाशन गरेको विज्ञप्तिमा उत्तर पश्चिमी सिरियामा पछिल्ला हप्तामा मानिसमाथि भएको हिंसको निन्दा पनि गरेका छन् । संयुक्त राष्ट्रसङ्घले यस्ता हिंसात्मक गतिविधी तत्कालै रोक्न र त्यहाँ शान्ति सरक्षाको अवस्था कायम गर्न पनि माग गरेको छ । ती हिंसामा परी महिला र बालबालिकाको ज्यान गएको र ती स्थानको पछिल्लो अवस्था निकै नाजुक रहेको भन्दै त्यसप्रति सहायक प्रवक्ताले सबैको ध्यानकर्षण गराएका हुन् ।–सिन्ह्वा
 

प्रकाशित मिति: शनिबार, साउन ९, २०७८  १९:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार