इक्वेडरका दुई जेलमा भीषण दङ्गा

कम्तीमा आठ जनाको मृत्यु भएको अधिकारीको भनाइ 
शुक्रबार, साउन ८, २०७८

किटो । इक्वाडोरको दुई जेलमा भएका दङ्गामा परी कम्तीमा आठ जना कैदीको मृत्यु भएको सरकारी अधिकारीले जानकारी दिएका छन् । उक्त घटनामा अन्य २० जना घाइते  भएका बताइएको छ । घाइतेहरूमा तीन प्रहरी अधिकारी रहेका छन् ।  दक्षिणपश्चिमी प्रान्त गुआस अवस्थित एक जेलमा हिंसामा आठ जना कैदी मारिए र दुई प्रहरी अधिकारी घाइते भएका  छन् । एन्डियन प्रान्तको कोटोपाक्सीमा भएको उक्त झडपमा करिब २० मानिस घाइते भएको एसएनएआई जेलका  व्यवस्थापन टोलीले पुष्टि गरेका छन् ।  इक्वेडरमा गत फेब्रुअरीमा पनि दुई जेलमा हिंसात्मक दङ्गा भएका थिए । देशको मुख्य कारागारमा प्रतिस्पर्धी प्रतिद्वन्द्वी समूहबीच झडपमा परी एकै दिनमा ७९ जना कैदीको मृत्यु भएको थियो । इक्वेडरको जेलमा क्षमताभन्दा बढी कैदीहरू रहेका हुनाले यहाँ सधै समस्या हुने गरेको पाइन्छ  ।–एएफपी
 

प्रकाशित मिति: शुक्रबार, साउन ८, २०७८  ०५:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार