सोसल मिडिया
Contact Us
युनिकोड
सोल । कोरोना भाइरस कोभिड–१९ को चौथो वेभ देखिएको भनिएको दक्षिण कोरियामा कोभिड–१९का अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भेटिएका छन् । यहाँका अधिकारीले मंगलबार यहाँ धेरैजना कोरोना भाइरसका सङ्क्रमित बढिरहेको बताएका हुन् । दक्षिण कोरियाका अधिकारीले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टायताको तथ्याङ्क हेर्दा कोभिड–१९ का सङ्क्रमित एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै संख्यामा भेटिएका छन् । दक्षिण कोरियाको राजधानी सोलबाट प्राप्त समाचारअनुसार यहाँ पछिल्लो समयमा राजधानी सोल महानगरपालिका क्षेत्रमा नै धेरै सङ्क्रमित पाइएको बताइएको छ । यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीले दिएको जानकारीअनुसार गएको २४ घन्टा यता मात्र एक हजार ७८४ जना कोभिडका सङ्क्रमित भेटिएका हुन् । दक्षिण कोरियाका अधिकारीले दिएको जानकारीअनुसार यहाँ गएको छ महिनापछि एकै पटक यतिधेरै संख्याका सङ्क्रमित पहिलो पटक देखिएका हुन् । यहाँका अधिकारीले दक्षिण कोरियामा गएको हप्तादेखि निरन्तररुपमा सङ्क्रमित बढ्दै गएको पनि बताएका हुन् । उनीहरुका अनुसार दक्षिण कोरिया कोभिड सङ्क्रमणको चौथो वेभमा प्रवेश गरेको छ । जसका कारण यहाँको सरकारले स्वास्थ्य मापदण्ड अपनाउने काममा कडाइ गरेको छ । योसँगै दक्षिण कोरियामा कोभिडका सङ्क्रमितको संख्या एक लाख ८२ हजार ७२२ जना पुगेको बताइएको छ । यहाँ पछिल्ला केही हप्ता यतादेखि कोभिडका सङ्क्रमितको संख्या बढ्दो देखिएको हो । अधिकारीले यही जुलाई १ देखि देशैभर देखिएको सङ्क्रमितको संख्या देशव्यापी तथ्यांकको हिसाब गर्दा अघिल्ला तीन हप्ताको तुलनामा हाल त्यहाँ सङ्क्रमित कम्तीमा पनि ५६ प्रतिशत बढेका छन् । यसरी प्रत्येकदिन संख्या बढ्दै गएका कारण पनि दुई हप्ता अघि नै यहाँका स्वास्थ्य अधिकारीले दक्षिण कोरिया कोरोना महामारीको चौथो चरणमा प्रवेश गरेको बताएका थिए । मंगलबार देखिएका यी सङ्क्रमतिमा आधाभन्दा बढी राजधानी सोलकै हुन् । कोरिया सरकारले यहाँ कोरोना विरुद्धको खोपको अभियानलाई ब्यापक बनाइएको जनाएको छ । पछिल्लो समयमा सङ्क्रमितको संख्या बढ्दै गएपछि खोप अभियानलाई झन् तीव्र बनाइएको छ ।– सिन्ह्वा