चीनको हेनानमा बाढीका कारण २५ को मृत्यु

बिहीबार, साउन ७, २०७८

चेङ्चाउ । चीनको हेनान प्रान्तमा आएको ठूलो बाढीका कारण मृत्यु भएकाहरूको सङ्ख्या २५ पुगेको छ । बाढीले अझै पनि सात जना हराइरहेको स्थानीय सरकारी अधिकारीहरूले बुधबार जानकारी दिएका छन् ।  चीनमा जुलाई १६ देखि अहिलेसम्म देशका ८९ क्षेत्र, जिल्ला र सहरहरू बाढीबाट प्रभावित भएको विवरण सार्वजनिक गरिएको छ । बढीका कारण १२ लाख ४० हजारभन्दा बढी मानिस प्रभावित भएका छन् भने एक लाख ६४ हजार ७१० जना विस्थापित भएका छन् ।   प्राकृतिक प्रकोपले ७५ हजार हेक्टर क्षेत्रफलमा लगाइएको खेती नष्ट गरेको पनि सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।– सिन्ह्वा 
 

प्रकाशित मिति: बिहीबार, साउन ७, २०७८  ०६:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार