सोसल मिडिया
Contact Us
युनिकोड
नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसको नियन्त्रणका लागि सरकारले प्रभावकारी काम गरेकाले विपक्षीहरूले लगाएको आरोपको खण्डनमा उत्रिन आफ्नो पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन् । उनले भारतीय जनता पार्टीका सांसदहरूलाई विपक्षीहरूले लगाएको आरोपको खुलेर खण्डन गर्न आग्रह गरेका हुन् । विपक्षीहरूले सरकारका राम्रा कामहरूलाई पनि गलत व्याख्या गरेर आम नागरिकलाई भ्रमित पारेको प्रधानमन्त्री मोदीको भनाइ छ । भारतीय जनता पार्टी शक्तिमा रहेको र राम्रा कामहरू गरेको देखेर प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसलाई पचाउन गाह्रो भएको पनि उनको आरोप छ । संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले सरकारले जिम्मेवारपूर्ण काम र व्यवहार गर्दागर्दै पनि विपक्षीहरूले अनावश्यक लाञ्छना लगाउने गरेको दाबी गरे । महामारीको विषय राजनीतिक नभई मानवीय विषय भए पनि विपक्षीहरूले महामारीमाथि राजनीति गरेको प्रधानमन्त्री मोदीको आरोप छ । उनले आफ्नो निर्वाचन क्षेत्रका सबै जनतालाई कोरोनाभाइरस विरुद्धको खोप लगाउनका लागि नेतृत्वदायी भूमिका खेल्न पनि सुझाव दिएका छन् । बैठकमा भएको छलफलका बारेमा जानकारी दिँदै संसदीय मामिलामन्त्री प्रल्हाद जोशीले विपक्षीहरूको भूमिकाप्रति सबैको चासो रहेको जानकारी दिए ।–पीटीआइ