तुल्सीलाल स्मृति टिम चेसमा दोलखा चेस होम्स र दोलखा जिल्ला संघ उपाधि नजिक

बुधबार, मंसिर २४, २०८२

ललितपुर। ८ औं तुल्सीलाल स्मृति राष्ट्रिय टिम चेस च्याम्पियनसिपको समिकरणले अन्तिम खेलबाट विजेता टोलीको छिनोफानो हुने भएको छ ।  ललितपुरको क्यास्पियन कलेजमा सञ्चालन भइरहेको राष्ट्रिय टिम चेस खेलको छैंटौं चरण शीर्ष चार टोलीबीच कडा प्रतिस्पर्धा हुन पुगेको थियो ।  प्रतियोगितामा पहिलो टेबलमा महालक्ष्मी नगरपालिका टिमलाई दोलखा चेस होम्सले २.५–१.५ को स्कोरमा हराउन सफल भएका छन् । यससंगै दोलखा चेस होम्स १० अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ । दोलखा चेस होम्सका पुरुषोत्तम चौलागाईंले दोस्रो बोर्डमा सुरोज महर्जनलाई हराई महत्वपूर्ण १ अंक जोडे भने रुपेश जैसवाल, ज्वाला इम्बुङ्ग र राजन सुबेदीले क्रमशः क्षितिज भण्डारी, कमल श्रेष्ठ र अशोक मन श्रेष्ठसँग बराबरी खेले । यसैगरी दोस्रो टेबलमा ललितपुर महानगरपालिका टिमलाई दोलखा जिल्ला संघले समान २.५ – १.५ को स्टोरमा हराउँदै महत्वपूर्ण जीत हात पारेका छन् । यससँगै दोलखा जिल्ला संघ १० अंक जोडेर संयुक्त अग्रता लिएका छन् । स्पर्धामा दोलखा जिल्ला संघका बद्रीलाल नेपालीले चौथो वोर्डमा ललितपुरका खेलाडी धिरेन राई हराई महत्वपूर्ण १ अंक जोडेका छन् । अन्य तीन खेलाडी रिसोन थापा, कृष्ण थापा र मिलेन कुसाथाले क्रमशः पुरुषोत्तम सिलवाल, प्रकाशचन्द्र नेपाल र मुहान नरसिंह श्रेष्ठसँग बराबरी खेले । यस पूर्व पाँचौं चरणको खेलमा महालक्ष्मी नगरपालिकाले दोलखा जिल्ला संघसँग २–२ को बराबरी नतिजा निकालेका थिए । जसमा बोर्ड नं. १ मा क्षितिज भण्डारी रिसोन थापालाई पराजित गर्न सफल भएका छन् भने बोर्ड नं. ३ मा शैलेन्द्र न्यौपानेले मिलेन कुसाथा संग हार ब्यहोरेका छन् । बोर्ड नं. २ र ४ मा क्रमशः सुरज महर्जन र कृष्ण थापा तथा कमल श्रेष्ठ र बद्रीलाल नेपाली बीच खेल बराबरमा सकेको छ ।  अर्को खेलमा दोलखा चेस होम्सले ललितपुर महानगरपालिका टिमलाई ४–० को सहज जीत दर्ता गरेका छन् । दोलखा चेस होम्सका रुपेश जैसवालले पुरुषोत्तम सिलवाललाई, पुरुषोत्तम चौलागाईंले प्रकाशचन्द्र नेपाललाई, ज्वाला इम्बुङ्गले मुहान नरसिंह श्रेष्ठलाई र राजन सुबेदीले धिरेन राईलाई हराए । राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको तेस्रो टोलि साबिक बिजेता थापाथली चेस पार्कले ६ खेलमा चार जीत, एक बराबर र एक हारको नतिजा सँगै ९ अंक बनाएका छन् ।  थापाथली चेस पार्कका सुश्रुत दहालले भक्तपुर जिल्ला बुद्धिचाल संघका राजेश कक्षपति, सुशील चौधरीले विनय थापालाई, आशिष फुयालले झिल्के मोक्ताङलाई तथा सबिनचन्द्र घिमिरेले अभय सिंह थापालाई पराजित गरेका छन् ।  प्रतियोगिताको सातौं चरणको खेल बिहिबार बिहान ९ बजे सञ्चालन हुनेछ । अन्तिम चरणको खेल पश्चात ललितपुर महानगरपालिकाका उपमेयर मन्जली शाक्य बज्राचार्यले पुरस्कार वितरण गर्ने कार्यक्रम तय भएको संयोजक राजु ताम्राकारले जानकारी गराएका छन् ।

_aiAi__P-1765370002.jpg
 

प्रकाशित मिति: बुधबार, मंसिर २४, २०८२  १८:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार