सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन । टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो । जारी एनपिएलमा कुनै पनि टोली पहिलो इनिङमा बनाएको यो सबैभन्दा कम स्कोर हो । यसअघि चितवन राइनोजले पोखरा एभेन्जर्स विरुद्ध १ सय २० रन बनाएको थियो । दोस्रो ओभरको पहिलो बलमा १ रन बनाएका आकाश त्रिपाठीको विकेट लिए । तेस्रो ओभरको पहिलो बलमा रुबेन ट्रम्पलम्यानले ५ बलमा ७ रन बनाएका सन्नी पटेललाई एलबिडब्लु आउट गरे । ३.५ ओभरमा ८ बलमा २ रन बनाएका मिलिन्द कुमारले शेरले बोल्ड गरे । ट्रम्पलम्यानले ४.१ ओभरमा ४ रन बनाएका बेन चाल्सवर्थको विकेट लिए । काठमाडौंले पावर प्लेमा ४ विकेट गुमाउँदै २९ रन बनायो । ९.१ ओभरमा कप्तान रोहित पौडेलले १४ रन बनाएका भीम सार्कीको विकेट लिए । रोहितले ९.५ मा १८ रन बनाएका जोन सिम्सनलाई एलबिडब्लुमा आउट गरे । लुम्बिनीले १० ओभरमा ६ विकेट गुमाउँदै ५१ रन जोड्यो । रोहितले ११.१ ओभरमा रसिद खान (२) लाई जेजे स्मिथबाट क्याच गराए । शेरले १३.३ मा मोहम्मद आदिल आलमलाई १८ रनमा बोल्ड गरे । १६.५ ओभरमा अभिषेश गौतमको बलमा ९ रन बनाएका करणले स्मिथबाट क्याच भए । टोलीका लागि सर्वाधिक २३ रन बनाएका सन्तोष यादव १९.१ ओभरमा अन्तिम विकेटका रुपमा आउट भए । शेर र रोहितले समान ३, ट्रम्पलम्यानले समान २ र अभिषेशले १ विकेट लिए । आजको खेल जित्ने टोली भोलि विराटनगर किङ्ससँग क्वालिफायर टु खेल्नु पर्नेछ । सुदूरपश्चिम रोयल्ससँग हिजो क्वालिफायर वानमा हारेपछि विराटनगरले क्वालिफायर टु खेल्नुपर्ने भएको हो ।