हरिहरपुरगढीमा घाँस काट्ने क्रममा लडेर वृद्धाको मृत्यु

आइतबार, मंसिर २१, २०८२

रामेछाप  । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–४ धनमान खोलास्थित पाखाको डिलमा घाँस काट्ने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ । घाँस काटिरहेका बेला ८० वर्षीया कान्छीमाया घिसिङ डिलबाट लडेर घाइते भएकी थिइन् । घाइते घिसिङलाई स्थानीय सहयोगमा प्रारम्भिक उपचारपछि काठमाडौंस्थित ट्रमा सेन्टर लगिएको थियो । ट्रमा सेन्टरमा उपचारको क्रममा उनको ज्यान गएको प्रहरीले जनाएको छ ।  घटनाबारे थप विवरण संकलन भइरहेको र आवश्यक अनुसन्धान अघि बढाइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर २१, २०८२  २०:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार