विमान प्रविधिको द्रुत विकास, तर मानव–केन्द्रित सेवाको महत्व अपरिवर्तित : मन्त्री सिन्हा

आइतबार, मंसिर २१, २०८२

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हाले विमान क्षेत्रका नयाँ–नयाँ प्रविधि र नवप्रवर्तनले नागरिक उड्यन क्षेत्रमा व्यापक परिवर्तन ल्याइरहेको बताएका छन् । अन्तर्राष्ट्रिय नागरिक उड्यन दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा मन्त्री सिन्हाले आधुनिक विमान क्षेत्र केवल यात्रु बोक्ने साधनमा सीमित नरही नवप्रवर्तन, प्रविधि, सुरक्षा तथा मानव–केन्द्रित सेवाको समिश्रण बनेको उल्लेख गरे ।  उनले भने, ‘स्मार्ट विमान, हरित इन्धन, एआई सेवा प्रणाली, डिजिटल चेक–इन र उन्नत सुरक्षा प्रविधिहरू निरन्तर विकसित हुँदैछन् । विश्वभर उडानलाई झनै सुरक्षित, वातावरणमैत्री र यात्रु–अनुकूल बनाउन नयाँ प्रवर्तनहरू भइरहेका छन् ।’
प्रविधिको तीव्र विकासका बीचमा पनि मानवको भूमिकालाई कुनै मेसिनले प्रतिस्थापन गर्न नसक्ने मन्त्री सिन्हाको भनाइ छ । विशेषगरी क्याबिन क्रुका सेवा–सम्पर्क, भावनात्मक सहयोग र मानव–केन्द्रित भूमिकालाई प्रविधिले पूर्ण रूपमा धान्न नसक्ने उनको तर्क थियो । उनले भने, ‘मानव–केन्द्रित सेवाको साथबिना विमान सेवा सञ्चालन सम्भव छैन, तर सबैको केन्द्रमा एउटा कुरा उहीँ छ, के मानवको भूमिका विशेषगरी क्याबिन क्रुको भूमिकालाई  मेसिनले परिवर्तन गर्न सक्छ ? सेवा दिन सक्दैन किनकी मानव केन्द्रित सेवाको सहयोगले मात्रै यो सेवा सञ्चालन हुन सक्छ ।’

प्रकाशित मिति: आइतबार, मंसिर २१, २०८२  १९:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार