बेइजिङमा ९० प्रतिशतभन्दा बढी वयस्कलाई कोभिड–१९ बिरूद्धको खोप दिइयो

बुधबार, साउन ६, २०७८

बेइजिङ । चीनको राजधानी बेइजिङमा १८ बर्षमाथिका ९० प्रतिशत व्यक्तिलाई कोभिड–१९ बिरूद्धको दुबै खोप लगाइसकिएको स्थानीय अधिकारीले बताएका छन् । प्राप्त जानकारी अनुसार बेइजिङमा एक करोड ७६ लाखभन्दा बढी बयस्क व्यक्तिलाई खोप लगाइएको बेइजिङको स्थानीय प्रशासनले पुष्टि गरेको छ । यो सङ्ख्या बेइजिङको बयस्क नागरिकको जनसङ्ख्याको ९०.६ प्रतिशत हो । 
नगरपालिका प्रशासनले भनेको छ, ‘चिनियाँ राजधानीमा जन–खोप अभियान अन्तर्गत कोभिड–१९ विरूद्धको तीन करोड ६१ लाखभन्दा बढी खोपको मात्रा लगाइसकिएको छ । यो सङ्ख्या वयस्क सङ्ख्याको ९५.६  हो ।’ बेइजिङमा ९५ प्रतिशतभन्दा बढी बयस्क व्यक्तिलाई कम्तीमा एक मात्रा खोप लगाइएको छ । बेइजिङमा मङ्गलबारदेखि १२ बर्षदेखि १७ बर्ष उमेर समूह (नाबालिग) लाई कोभिड–१९ बिरूद्धको खोप लगाउन थालिएको नगर प्रशासनले जनाएको छ ।– सिन्ह्वा 
 

प्रकाशित मिति: बुधबार, साउन ६, २०७८  ०६:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार